रामकुमार श्रेष्ठ “फुच्चे”
(सुर्यपाल)-एकथुकी सुकी सय थुकी नदि अर्थात थोपा थोपा मिलेर समुन्द्र बन्छ भने झै बिद्यालय र भु पु बिद्यार्थी तथा शुभचिन्तक बिच आत्मियता कायम रहिरहोस भन्ने उद्देश्य का साथ मिति २०८० माघ २४ गते बुधबार मध्यनेपाल न.पा. -३ सुर्यपाल,लमजुङ मा अवस्थित श्री राम वालोदय आधारभूत बिद्यालय को ६६ ओै वार्षिकोत्सब समारोह एवम् अभिभावक दिवस २०८० को अवसरमा मा भुपु बिद्यार्थी तथा शिक्षक रामकुमार श्रेष्ठ को संयोजकत्वमा बिद्यालय का लागि व्यवस्थित साउण्ड सिस्टम तथा टेण्ट सेट जडान कार्य सम्पन्न भएको छ ।भुपु बिद्यार्थी तथा शुभचिन्तक मार्फत संकलित रकम बाट ९०००० रकम बराबरको साउण्ड सिस्टम सेट र ६०००० रकम बराबरको टेण्ट सेट जडान भईसकेको र थप अन्य सामाग्री सहित कुल १५०००० रकम बराबर को साउण्ड सिस्टम तथा टेण्ट सेट ,बिद्यालय लाई हस्तान्तरण गरपएको छ।र थप अन्य सामाग्री को व्यवस्था भईरहेको सन्दर्भमा मा बिद्यालय व्यवस्थापन समिति अध्यक्ष नेत्र बहादुर बस्नेत,
बिद्यालय का प्रधानाध्यापक बाबुराम साँखी पुर्व बिव्यस अध्यक्ष तथा बर्तमान सदस्य बाबुराम बस्नेत लगायत अन्य शिक्षा प्रेमि समाजसेवी , शिक्षक र अभिभावक बिद्यार्थी सबैले बिद्यालय प्रति भुपु बिद्यार्थी तथा शुभचिन्तकहरुले गरेको अतुलनीय योगदान र सहयोग तथा बिद्यालय प्रति देखाएको चासो प्रति प्रसंशा गरिएको थियो । बिद्यालय र शैक्षिकस्तर अभिवृद्धि का लागि भुपु बिद्यार्थीले खेलेको महत्त्वपूर्ण भुमिका र बिषयमा बिद्यालय परिवार प्रष्ट छ।यसै सिलसिलामा बिद्यार्थी लाई बिद्यालय पोषाकको रुपमा ट्रयाक सेट त्यसै गरि बिद्यालय को गेट निर्माण को काम का लागि समेत भुपु बिद्यार्थी तथा शुभचिन्तकहरुको सहयोग रहदै आएको थियो।बिद्यार्थीको शैक्षिक अवस्थाको वर्तमान स्थिति, बिद्यालयका लागि भुपु बिद्यार्थी र शुभचिन्तक र ले चाल्न सक्ने आगामी कदम, बिद्यालय को शैक्षिक अवस्था सुधार का निम्ति गर्नसकिने र गर्नुपर्ने पहल बारे का साथै भुपु बिद्यार्थी र शुभचिन्तक हरु बिच आवश्यक सरसल्लाह तथा छलफल भईरहेको समेत जानकारी मा आएको छ । र यस्ता कार्यक्रम हरुले बिद्यालय बिद्यार्थी शिक्षक ,अभिभावक बिचको सिर्जनात्मकता आत्मियता मा थप हौसला प्रदान हुने बिस्वास तथा सिर्जनात्मक कार्यक्रम हरु ले निरन्तता पाउने अपेक्षा भुपु बिद्यार्थी तथा शुभचिन्तक सबैले गर्दछ।
शैक्षिक गुणस्तर सुधारका लागि भुपु बिद्यार्थी सबैले आफ्नो ठाउबाट लागिपर्नु पर्ने कुरामा जोड दिदै बिद्यालय को शैक्षिक गुणस्तर अभिवृद्धिका लागि भुपु बिद्यार्थी तथा शुभचिन्तक ले विभिन्न कदमहरु चाल्दै आईरहेको र अन्य थप कदमहरु पनि चाल्न तयार रहेको कुराको जानकारी बिद्यालय का प्र अ बाबुराम साखी ले राख्नुभएको थियोे ।भुपु बिद्यार्थी तथा शुभचिन्तक हरुले सामुहिक रुपमा बिद्यालय र समाजको लागि पुर्याउनु भएको अतुलनीय योगदानको उच्च कदर सहित सबैसबै प्रति हार्दिक आभार प्रकट गर्दै आगामी दिनहरूमा पनि यी र यस्ता कार्यक्रम हरुले निरन्तरता पाईरहनेछ भन्ने पुर्ण विस्वासका साथ कार्यक्रम संयोजन गरिएको कुरा भुपु बिद्यार्थी तथा शिक्षक रामकुमार श्रेष्ठ को भनाइ छ।
















