images
images
images

गोली प्रहारबाट सुनचाँदी पसल सञ्चालक घाइते

images

नवलपरासी पश्चिम । अपरिचित व्यक्तिहरूको गोली प्रहारबाट सुस्ता गाउँपालिका-१ वरुवास्थित न्यु धौलागिरी सुनचाँदी पसलका सञ्चालक बर्दघाट नगरपालिका-४ देविनगर बस्ने ६२ वर्षीय गजेन्द्र विक शनिबार साँझ घाइते भएका छन् ।

गजेन्द्रले पसल बन्द गरी लु.४८ प ७४३५ नम्बरको स्कुटरमा छोरासँगै घर फर्किने क्रममा बर्दघाट नगरपालिका-१६ कुकुरमारास्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिहरूले गजेन्द्रमाथि गोली प्रहार गरी स्कुटरसमेत लिई फरार भएको भन्ने खबर इलाका प्रहरी कार्यालय सेमरीमा प्राप्त भएको थियो । तत्काल खटिएको प्रहरीले घाइते गजेन्द्रलाई उपचारको लागि सामुदायिक अस्पताल चिसापानी लगेको थियो । उक्त अस्पतालबाट तिनाउ इन्टरनेशनल अस्पताल बुटवल रुपन्देहीमा रिफर गरिएकोमा पुनः थप उपचारको लागि भैरहवा मेडिकल कलेजमा रिफर गरिएको छ ।

प्रहरीले गोली प्रहार गर्ने व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS