images
images
images

काठमाडौंबाट नक्कली डाक्टर पक्राउ

images

काठमाडौं – प्रहरीले एकजना नक्कली डाक्टरलाई नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले डा.एस भट्ट आचार्य भनिने सम्बुद्ध भट्टाचार्यलाई नियन्त्रणमा लिएको हो।

उनको साथबाट १ लाख ६५ हजार पाँच सय रुपैयाँ सहित केही सरकारी कागजातहरू बरामद भएको छ। उनले चीनबाट एमबीबीएस गरेको र काठमाडौंको महाराजगन्जस्थित टिचिङ अस्पतालमा कार्यरत रहेको बताउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार पक्राउ परेका ४० वर्षीय भट्टाचार्यले विदेश जाने व्यक्तिहरूको मेडिकल रिपोर्टसमेत बनाउने गरेको पाइएको छ। उनले नक्सालस्थित वी केयर पोलिक्लिनिकमा विगत ९ महिनामा करिब ६३० बिरामीको उपचार गरेको पाइएको छ। उनले चेक गरेवाफल प्रत्येक बिरामीबाट ७५० रुपैयाँ लिने गरेका थिए।

बसुन्धारामा रहेको धवलागिरी हिमाल पोलिक्निकमा करिब ३० जना बिरामीलाई चेक गरेको र प्रत्येक बिरामीबाट ५०० रुपैयाँका दरले लिने गरको प्रहरी अनुसन्धानबाट खुलेको छ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।अन्नपूर्ण

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS