images
images
images

तनहुँमा मिनी ट्रक पल्टिँदा २ जनाको मृत्यु, चालक फरार

images

तनहुँ । तनहुँमा आइतबार राति मिनी ट्रक पल्टिँदा ट्रकमा सवार दुई जनाको मृत्यु भएको छ । तनहुँ देवघाट गाउँपालिका-२ कोटबैदी भोक्टेनीस्थित भित्री सडक खण्डमा दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग १ ख ४१८१ न।को मिनी ट्रक सडकदेखि अन्दाजी ५०० मिटर तल खसेको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मिनी ट्रकमा सवार चालकसहित ३ जनामध्ये २ जना घाइतेहरूको उद्धार गरी उपचारको लागी दमौली अस्पतालमा पठाइएको थियो । सोमबार बिहान २स्३० बजे चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको प्रहरीको भनाई छ ।

मृत्यु हुनेमा जिल्ला तनहुँ देवघाट गाउँपालिका-३ दगारा बस्ने ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङ रहेका छन् । चालक भने हालसम्म सम्पर्कमा नरहेकोले खोजतलास कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको छ ।रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS