तनहुँ ।
सर्वज्योति माध्यमिक विद्यालयको ४२ औं बार्षिक उत्सव सम्पन्न भएको छ । कार्यक्रमलाइृ सम्बोधन गर्दै ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले विद्यालयको स्तरोन्नतिको लागि व्यास नगरपालिका सधै साथमा रहने बताए । कार्यक्रममा व्यास १० का वडा अध्यक्ष खेमराज पोखरेल, शिक्षा विकास तथा समन्वय इकाई तनहुँका प्रमुख उद्धवराज कट्टेल,पुर्व अध्यक्ष उज्वल पौडेल,मदन तिमलसेना, हरीभक्त अधिकारी, शिव माध्यमिक विद्यालयका प्रधानाध्यापक कोइराला,चण्डी देवी माध्यमिक विदाया विद्यलय ब्यवस्थापन समिति अध्यक्ष बावुराम पौडेल,नेकपा माओवादी केन्द्र व्यास–१० अध्यक्ष देवी भुषाल, नेपाली कंग्रेस व्यास–१ण्का सभापति प्रेमराज मिश्र,शिक्षक अभिभावक संघका अध्यक्ष हरीबिलास पौडेल लगायतका वक्ताहरुले विद्यालयको बार्षिक उत्सवको अवसरमा शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भरत काफ्ले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विज्ञान प्रर्दशनीका साथै सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । र्काक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम विद्यालयकी सहायक प्रधानाध्यापक मनु सापकोटाले संचालन गरेकी थिइन् ।
















