images
images
images

तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा मिश्र निर्वाचित, मल्ल बरिष्ठ उपाध्यक्ष

images

तनहुँ

तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा बैकुण्ठनाथ मिश्र सर्वसम्मत निर्वाचित भएका छन् । संघको निर्वाचनकोलागि शनिबार उम्मेदबारी दर्ता गर्ने कार्यक्रम रहेकोमा अध्यक्ष पदमा मिश्रको मात्रै उम्मेदबारी परेपछि उनी निर्विरोध अध्यक्ष निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

मिश्र संघको दमौली बजार यकाई सभापति देदी पुर्व प्रथम उपाध्यक्ष सम्म रहेर काम गरेका ब्यक्ति हुन् । अघि अध्यक्ष पदमा उम्मेदबारी दिएका हालका प्रथम उपाध्यक्ष इमकुमार मल्लले उम्मेदबारी दर्ताकै समयमा अध्यक्षको उम्मेदबारी फिर्ता लिएर बरिष्ठ उपाध्यक्षमा उम्मेदबारी दिएका थिए । संघले आफ्नो विधानमा पहिलो पटक बरिष्ठ उपाध्यक्षको पद सिर्जना गरेको थियो ।

बरिष्ठ उपाध्यक्षमा पनि मल्लको मात्र उम्मेदबारी परेपछि उनीपनि निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक डम्बरदेव हड्खलेले जानकारी दिएका छन् ।

यसैगरि संघको प्रथम उपाध्यक्षमा कुमार मल्ल, शुरेश पुरी र राजकुमार श्रेष्ठ राकुको उम्मेदबारी परेको छ भने द्वित्तिय उपाध्यक्षमा दिनेशकुमार श्रेष्ठ, शिवओम मल्ल र सकुन्तला आले तथा कोषाध्यक्षमा भिमलाल श्रेष्ठ, प्रकाशचन्द्र हड्खले र राजेश श्रेष्ठको उम्मेदबारी परेको निर्वाचिन समितिले जनाएको छ ।

ति पदहरुमा पनि सर्वसम्मत बनाउनका विभिन्न खालका प्रयासहरु भएका छन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS