तनहुँ
नेपाल विद्युत प्राधिकरण तनहुँ शाखाका प्रमुख इन्जिनियर विजयराज रेग्मीले तनहुँ वितरण केन्द्रमा सुधारका प्रयासहरु गरेका छन् । वितरण केन्द्रमा आएपछि नै चुहावट नियन्त्रण , रिसिलिङ, वक्यौता असुलिलाई प्रथामिकता दिएर रेग्मीले सुधारको छनक दिएका हुन् । तनहुँ शाखाको जिम्मेवारी सम्हालेको एक सय दिन पुगेको छ । जिम्मेवारी सम्हाले देखिनै प्रमुख रेग्मीले जिल्लाको विद्युत वितरण बेन्द्रसँग रहेका समस्या समाधानका लागि बिशेष अभियान थालेका हुन् ।

प्रमुख रेग्मीले एक सय दिनको अवधिमा १५ वटा प्रमुख कार्यहरु गरेका छन् । प्रमुख रेग्मीले जिम्मेवारी सम्हाले लगत्तै २०७८ सुरुमै ठेक्दा सम्झौता भएका गुणादी —जामुने र जामुने थर्पुको सडकको पोल सार्ने कार्य स्थगित भएकोमा काम पुन सुरु सम्पन्न भएको छ भने शिशाघाट क्षेत्रको वितरण प्रणाली सुदृढका लागि ३ करोड बजेटको टेण्डर आव्हान गरि सम्झौता प्रक्रिया अगाडि बढाएका छन् भने धरमपानी ,बसन्तपुर सामुदायिक संस्थासंग भएको विद्युत वितरण सेवा सम्झौता रद्ध गर्ने आवश्यक प्रक्रिया अगाडी बढाएका छन् ।
व्यास नगरपालिकाको छिर्कनेमा लामो समय देखि रहेको लो भोल्टेजको समस्या एक सय के।भि।ए।लोड सेन्टर थप गरि समस्या समाधान गरिनुका साथै सिभिल निर्माण ,वितरण लाईन सुदृढीकरण, मर्मत ,अपग्रेड तथा नयाँ लोड सेन्टर थपको लागि स्वीकृत वजेट अनुसार कार्य गर्नका आवश्उक पक्रिया अगाडी बढाएका छन् । उनले यो अवधिमा देवघाट गाउँपालिका अन्र्तगत वडा नं ४ मा दुईवटा ट्रान्सफर्मर चार्ज गरि विद्युत सेवा सुरु गरिएको छ ।
त्यसैगरी म्याग्दे १ गुणादीमा १०० के.भि.ए. ट्रान्सफर्मर लोड सेन्टर थप जडान गरिनुका साथै ३ वटा चार्जिङ स्टेशनहरुमा ट्रान्सफर्मर जडानका लागि थप बजेट मागका लागि आवश्यक काम अगाडी बढाएका छन् । दुईवटा ट्रयारिफ अनुसार प्रोगामिङ नभएका टिओडी प्रोगामिङ पुन जडान लगत्तै एसजी रोडा ढुंगा उद्योगमा २ सय के.भि.ए. लोड स्वीकृत भएकोमा विगत २०७८ साल देखि करिब २८ महिना एमपावर मा ७० के। भि। ए विलिङ भएकोमा डिमाण्ड छुट विलिङको लागि आवश्यक पक्रिया अगाडी बढाएका छन् ।
बन्दिपुर रिसोर्टको स्वीकृत छुट विल सिस्टममा इन्ट्री गरी पत्राचार ,तनहुँ हाइड्रोमा २ मेगावट बाट ४ मेगावट लोड कायम, म्याग्दे ६ गाउँस्वारामा कुटानी पिसिनामा भएको लो भोल्टेजको समस्या समाधान गर्न २५ लोड सेन्टर थप गरिनुका साथै प्रणाली सुदुढीकरणका लागि ५ करोडको बजेट लागि माग गरेका छन् ।
















