बन्दीपुर ।
तनहुँको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा संग भेटवार्ता गरेका छन् ।शुक्रबार जनप्रतिनिधि पर्यटन ब्यबवसायी सहित भएको भेटवार्तामा बन्दीपुरको बिकास निमार्ण, पर्यटन प्रवद्र्धन तथा सुसासन सम्बन्धी छलफल भएको गाउँपालिका अध्यक्ष सचिवालय सचिव अमिर गुरुङल बताए । भेटमा मन्त्रालयका सचिव शर्माले बन्दीपुरको बिकासको लागी पहल गर्न प्रतिबद्धता ब्यक्त गरेका छन् ।
यस्तै भेटमा गाउँपालिका अध्यक्ष थापाले बन्दीपुरका प्राथमिकताका सडकहरुलाइ प्याकेजमै संबोधन गर्नु पर्ने बताए । बन्दीपुर सुखौरा ढाँडखोला हुँदै बुद्धसिं मार्ग लाइ बजेट ब्यबस्थापन गरी निमार्णका लागी गरेका छन् । यस्तै बन्दीपर देखी अन्य ठाउँहरुमा जोड्ने सडकलाइ स्तरउन्नती गरी कालोपत्रे गर्न माग गरिएको गाउँपालिका अध्यक्ष थापाले बताए ।
गाउँपालिकाबाट गएको टिमल शुक्रबार नै बन्दीपुरको पर्यटन प्वद्र्धन र बिकास निमार्णको लागी बिभिन्न निकायसंग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
















