तनहुँ
म्याग्दे गाउपालिका वडा न ४ मा लघु उधम विकास सम्बन्धी अभिमुखिकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
गरिबी निवारणका लागि लघु उधम विकास कार्यक्रमवाट महिलालाई सीप सिकाउने उदेश्यका साथ सो कार्यक्रम आयोजना गरिएको हो । महिलाले चाहेको र रोजेको सीप सिकेर व्यवसाय गर्न सकुन भनेर नै अभिमुखुकरण कार्यक्रम आयोजना गरिएको वडा न ४ का वडा अध्यक्ष दिपक कुमार श्रेष्ठले जानकारि दिए ।
कार्यक्रममा कार्यपालिका सदस्य वदिका घिमिरे भट्टराई , उधोग शाखा प्रमुख प्रदिप न्यौपाने लगायतकाले उधोग व्यवसाय गर्दा धोरै लागानिमा पनि धेरै आम्दानि गर्न सकिने वताए ।