images
images
images

भादगाउँमा बजार अनुगमन

images

पर्यटन तथा उद्योग कार्यालय तनहुँकाे आयाेजनामा व्यास नगरपालिका वडा नं १ भादगाउँमा १ दर्जन पसलको अनुगमन गरिएको छ ।

पसल अनुगमनका क्रममा अधिकांश पसल दर्ता नगरि चलाइएको , मूल्य सुची नराखिएको भेटिएको अनुगमन संयाेजक पर्यटन तथा उद्योग कार्यालय तनहुँका प्रमुख दुर्गाराज सुवेदीले बताए । उनिहरू लाई  तत्कालै दर्ता गर्न तथा मुल्य सुची राख्न भनिएको प्रमुख सुवेदीले जानकारी दिए ।  संयुक्त अनुगमन टाेलिका खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख ज्याेति आचार्यले झिलिङ्गा उद्योग दर्ता नगरी चलाइएको पाइएको र अखाद्य रङकाे मात्रा प्रयोग गरेको भेटिएकोले तत्कालै दर्ताको दायरामा अाउन भनिएको बताए । यस्तै केही पसलमा पेय पदार्थहरू म्याद गुज्रिएको भेटिएको आचार्यले बताए ।

अनुगमनटाेलिमा व्यास नगरपालिकाका अधिकृत रामचन्द्र हड्खले पर्यटन तथा उद्योग कार्यालयका सुवास पाैडेल , जिल्ला समन्वयका प्रतिनिधि , पत्रकार महासंघका प्रतिनिधि , प्रहरी लगायतको उपस्थिति रहेको थियो । अनुगमन टाेलिले एसिका फ्रेस हाउसमा मुल्य सुची नराखेको , मनसुन किराना पसलमा मुल्य सुची नराखेको , झिलिङ्गा उद्योग दर्ता नगरी चलाएको , दरै फ्रेस हाउसमा मुल्य सुची नभएको तथा पसलको साइनबाेर्ड नरहेको सफल किराना पसलमा खाद्य र अखाद्य बस्तु एकै ठाउँमा राखिएको र  म्याद नाघेका हल्का पेय पदार्थ भेटिएकोले सचेत गराएकाे छ । यस्तै आरके वाइन सवमा म्याद नाघेको पेय पदार्थ भेटिएको  पनि टाेलिले जनाएको छ ।

अनुगमनका क्रममा दरै दमाैलि सप्लायर्स र व्यास फलफूल तथा तरकारी संकलन एवम् बिक्री केन्द्र मा भने केही भेटिएको थिएन ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS