दमौली
व्यास नगरपालिकाले तनहुँमा पुनः नापी प्रकृया अघि बढाउन नेपाल सरकारसँग माग गर्ने निर्णय गरेको छ । व्यासका नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा नगर कार्यपालिकाको नियमित बैठकले सो निर्णय गरेको हो । बैठकले ‘ तनहुँ जिल्लामा विगत विंसं।२९–३० सालमा भएको जग्गा नापी पछि थप जग्गा नापी नभएकाले अन्य पालिकाहरु समेतसंग समन्वय गरि पुनः नापी प्रकृया अघि बढाउन नेपाल सरकारसँग माग गर्ने निर्णय गरियो ।’ भन्ने र्णिय गरेको छ । वैठकपछि नगरपालिकाका वडा अध्यक्ष एंव प्रवक्ता जीवन गुरुङद्वारा जारी विज्ञप्तीमा जनाएको छ ।
बैठकले वजेट तर्जुमा समिति, राजश्व परामर्श समितिको संशोधित प्रस्ताव अनुसार आ.ब २०८०–८१ का लागि एक अरब ३७ करोड ६६ लाख २७ हजारको बजेट नगर सभामा पेश गर्ने निर्णय गरेको छ । बैठकले विधायन समितिबाट प्रस्तावित शिक्षा ऐन लगायत विभिन्न ऐनको संशोधन प्रस्ताव नगर सभामा पेश गर्ने निर्णय गरेको छ । नगर सभामा प्रस्ताव गरिने विभिन्न प्रस्तावहरुलाई मस्यौदा गरी पेश गर्न प्रस्ताव समिति गठन गर्ने निर्णय गरेको छ । प्रस्ताव समितिको संयोजकमा जिवन गुरुङ , सदस्यहरुमा कृष्ण प्रसाद न्यौपाने,चन्द्र माया परियार,सुशिला दुरा, र रनसिंह नेपाली रहेका छन् ।
बैठकले व्यास नगरपालिका भित्र नापी प्रकृया चलिरहेको भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको जग्गा नापी सम्बन्धमा तनहुँ जिल्ला भूमी आयोगका अध्यक्ष रामचन्द्र अधिकारी, मालपोत कार्यालय, तनहुँका प्रमुख केशवराज सुवेदी, नापी कार्यालय तनहुँका प्रमुख विजयकुमार सिंहसँग व्यापक अन्तरक्रिया गरि अब नापी प्रकृया अघि बढाउदाँ भूमीहिन दलित, भूमीहिन सुकुम्बासीलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ ।
बैठकले नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयबाट नेपालमा ग्रामिण तथा शहरी क्षेत्रको क्षेत्रगत वर्गिकरण अनुसार व्यास नगरपालिकाका कुल ७८,९३९ जनसंख्या मध्ये वडा नं ६,७,८,९,११,१२,१३ र १४ समेत आठ वडाहरु ग्रामिण वडा रही यी वडाहरुमा ३७।५०५ बसोबास रहेको, वडा नं ५ र १० अर्ध शहरी वडामा रहि १९।३५५ बसोबास रहेको , वडा नं १,२,३,४ शहरी वडामा रहि ४३।१४५ बसोबास रहेको विवरण कार्यपालिकामा पेश भई जानकारी प्राप्त गरियो र सो वर्गिकरणलाई आधार मानी समतामुलक वजेट कार्यक्रम तर्जुमा गर्ने निर्णय गरेको छ ।