images
images

६ बटालियन गोरखा राइफलको ५० औं जन्मोत्सव भब्य रूपमा सम्पन्न

images

दमौली , ६ बटालियन ५ गोरखा राइफल्स ( फ्रन्टियर फोर्स ) तनहुँ भु पु सैनिक परिवार ले ७५ औं जन्मदिन एवं पहिलो भेटघाट कार्यक्रम विहिबार दमौलीमा सम्पन्न गरेको छ । ७५ औं जन्मदिनको अवसरमा भुपु सैनिकहरूले खुसी साट्दै बिगतको स्मरण गरे ।

कार्यक्रममा प्रमुख अतिथि क्याप्टेन खिलबहादुर थापाले ४ फ्रेवुअरिमा मनाउने जन्मोत्सव कार्यक्रम भए पनि उक्त दिनमा पल्टनमा गई मनाउन जानपर्ने भएकोले आजै मनाइएको बताए । पल्टनमा कसैले धेरै कसैले थोरै वर्ष काम गरेको भए पनि अहिले पल्टनका सबै साथीहरू एकै ठाउँमा भेट हुँदा पल्टनमै काम गरेको झल्को लागेको उनको भनाइ थियो । यस अगाडि पोखरा लगायतका ठाउँमा पुगेर जन्मोत्सव मनाउने गरिएको भए पनि यस पटक तनहुँमै जुट्न पाउँदा खुसी लागेको उनले बताए । कार्यक्रममा
बरिस्ठ सल्लाहकार सुवेदार जितबहादुर गुरूङले आफ्नो पल्टन लडाइँ को क्षेत्र देखि मेलमिलापको क्षेत्रमा नमुना पल्टन भएको बताए । पल्टनमा सिपाही हवल्दार सुवेदार नभनि सबैलाई समान व्यबहारले हेर्ने गरेको सल्लाहकार गुरूङको भनाइ थियो ।
यस्तै कार्यक्रममा हनेरि क्याप्टेन झकबहादुर गुरूङले
कर्मभुमि भारत भए पनि जन्मभूमि नेपाल भएको हुँदा आफ्नैं देशमा केही गरौं भन्ने भावना आउने गरेको बताए ।

क्याप्टेन तारालाल मल्लको अध्यक्षतामा भएको कार्यक्रममा सुवेदार मेजर केश बहादुर थापा ,
सुवेदार टेकबहादुर थापा तथा
, हवल्दार रोलबहादुर थापा लगायतले भुपु हरूको महत्त्व अत्यन्तै ठूलो रहेको बताएका थिए ।
तनहुँ , गोर्खा लगायतका ठाउँबाट करिब ६० जना भु पु हरू उपस्थित रहेको ठाउँमा परिचय साटासाट सँगै नाचगान गरेर रमाइलो गरेका थिए । सहभागीहरू लाई कार्यक्रमका अध्यक्ष क्याप्टेन तारा मल्लले स्वागत एवम् सम्मान गर्दै सबै भु पु हरू एकजुट भए मात्रै बलियो भइने बताएका थिए ।
एक्लै बलबान हुन कोहि नसक्ने हुँदा संगठनको आवस्यकता पर्ने भन्दै मल्लले त्यसकै लागि भु पु सैनिक हरूको भेटघाट र मेलमिलापको आयोजना गरिएको बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS