images
images
images

चितवनमा ‘बाआमा स्वास्थ्य कार्यक्रम’

images

चितवन, १० मङ्सिर । खैरहनी नगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई घरघरमै पुगेर निःशुल्क स्वाथ्य जाँच तथा परामर्श सेवा दिने गरी ‘बाआमा स्वास्थ्य कार्यक्रम’ को सुरुआत गरेको छ । खैरहनी नगरपालिकाका प्रमुख शशिकुमार खनियाले आज खैरहनी नगरपालिका–१३ कुमरोजमा आयोजित एक कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

नगरप्रमुख खनियाले नगरपालिकाभित्रका ७० वर्षमाथिका हरेक नागरिकको घरदैलोमा गएर कम्तीमा चार महिनामा एकपटक रक्तचाप, मधुमेह तथा नाडीको गति र अक्सिजनको मात्रा परीक्षण गर्ने व्यवस्था मिलाइएको जानकारी राससलाई दिनुभयो । नगरवासी ज्येष्ठ नागरिकको सम्मानित र गुणस्तरीय जीवन सुनिश्चितताका लागि स्वास्थ्य परीक्षण निःशुल्क औषधी वितरण, ज्येष्ठ नागरिक मञ्च गठन, ज्येष्ठ नागरिकका लागि सुरक्षित आश्रमस्थल निर्माण गर्नेलगायत काम गरिरहेको उहाँले बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत विष्णु सापकोटाले आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारमा बाआमा स्वास्थ्य कार्यक्रमले योगदान गर्ने बताउँदै आगामी दिनमा यस कार्यक्रमको दायर थप विस्तार गर्दै लैजाने उल्लेख गर्नुभयो । रासस

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS