images
images
images

रुकुम पश्चिममा जीप दुर्घटना हुँदा २२ जना घाइते, ५ जना गम्भीर

images

सुर्खेत । सोमबार बिहान रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ गोईरीज्यूलामा भएको जीप दुर्घटनामा परी २२ जना घाइते भएका छन् ।

रुकुम पश्चिम प्रहरीका अनुसार अन्य व्यक्तिहरू पनि घाइते भएको हुनसक्ने र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । लु १ ज २२९७ नम्बरको जीप चौरजहारी नगरपालिका–१० खोला गाउँबाट सदरमुकाम मुसिकोटतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो ।

घाइतेहरू सबैलाई चौरजहारी अस्पतालमा उपचारको लागि लगिएको रुकुम प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको रुकुमका प्रहरी प्रमुख नमराज भट्टराईले बताए ।रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS