damuli hospatail

२२ मंसिर २०८०, शुक्रबार

मोटरसाइकल दुर्घटना एकको मृत्यु

काभ्रे – बनेपाबाट सिन्धुलीतर्फजाँदै गरेको बा ९६ प ९२६१ नम्बरको मोटरसाइकल रोशी गाउँपालिका–११ माम्दीमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेको डीएसपी राजकुमार श्रेष्ठका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक बनेपा नगरपालिका–१० जनागाल बस्ने २५ वर्षीय सर्वेश्वर हुमागाई रहेको जानकारी दिए ।

मोटरसाइकल अनियन्त्रित भइ सडकको डिभाइडरमा ठोक्किएर नालीमा खसेको थियो । घाइते भएका हुमागाईलाई धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डीएसपी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

sukala