दमौली – चाडपर्व निजिकीसंगै व्यास नगरपालिका वडा नं.१०ले बजार अनुगमनलाई तिव्रता दिन थालिएको छ । व्यास नगरपालिका वडा नं. १०को अनुगमन टोलीले व्यास–१० का बैरेनी, बोटेटारका विभिन्न पसलमा सोमबारबाट अनुगमन थालेको हो ।
अनुगमनको क्रममा सो क्षेत्रमा विभिन्न पसलहरु अनुगमन गरेको थियो । अनुगमनका क्रमममा अधिकांश पसल दर्ता नगरी संचालन गरेको पाइएको थियो । धेरैे पसलहरु मापदण्ड विपरीत भेटिएको व्यास–१० का वडा सदस्य इश्वर पौडेलले बताए ।
अनुगमन क्रममा दर्ता विना सञ्चालन भएका, ईजाजत पत्र नलिई विक्री वितरण गरिएको भेटीएको व्यास–१० वडा सदस्य यज्ञराज शर्माले बताए । व्यास–१० मा बजार अनुगमनलाई निरन्तरा दिइने वडा सदस्य बासना कुंवरले बताइन् ।
अनुगमनमा अधिकांश पसलहरुमा मुल्यसुची नराखेको पाईएकाले मुल्य सुची राख्न निर्देशन दिईएको वडा सचिव पुष्पराज आचार्यले बताए ।
लेभलिङ भएका खाद्य सामाग्री मात्र विक्री वितरण गर्न, दर्ता विना सञ्चालन नगर्न, व्यवस्थीत रुपमा खाद्य र अखाद्य समाग्रीहरु छुट्छुटै राख्न, म्याद गुज्रेका खाद्य सामाग्री विक्रि वितरण नगर्न, ईजाजतपत्र लिएर मात्र सुर्तिजन्य पदार्थ र चुरोट विक्री वितरण गर्न, सरसफाईमा ध्यान दिन, दर्ता प्रमाणपत्र र वडामा व्यवसाय दर्ता गरेर पसल संचालन गर्न सुझाव दिईएको सचिव आचार्यले बताए।