images
images
images

वडा नं ३ कार्यालय निमचोकमा

images

दमौली – तनहँुको व्यास नगरपालिका वडा नं ३ कार्यालय निमचोकमा सरेको छ । नगरपालिकको पुरानो भवनमा रहदै आएको वडा कार्यालय निमचोक स्थित मैनादेवि अधिकारीको घरमा सरेको हो । नगरपालिकाले पुरानो भवन भत्काएर नयाँ बहूउद्देश्यीय भवन निर्माण गर्ने भएपछि निमचोकमा रहेको अधिकारीको घरमा लिएर सरेको हो । मासिक २५ हजार भाडामा लिएर उक्त घरको पहिलो तल्लामा वडा कार्यालय सरेको वडा अध्यक्ष अनुप रानाले जानकारी दिए । वडा कार्यालय भवन निर्माणको लागि व्यास ३ स्थित देउरालीनगरमा जग्गा पाएको र तत्कालको लागि भाडामा लिएर कार्यालय सारिएको उनले बताए । उनले भने,“बिसघरे जाने बाटोमा हामीले जग्गा पाएका छौं, निर्माण सम्पन्न नभए सम्मको लागि भाडामा लिएर वडा कार्यालय संचालन गरेका छौं ।”वडा कार्यालयले २०७४ साल देखिनै भवनको समस्या झेल्दै आएको छ । २०७४ सालमा भेटनरी अस्पताल तथा पशु सेवा केन्द्रमा रहेको भवनबाट सेवा प्रदान गदै आएको उक्त कार्यालय पछि नगरपालिकाको पुरानो भवनमा सरेको थियो । अहिले उक्त भवन भत्काउने भएपछि निमचोकमा सरेको हो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS