damuli hospatail

२२ मंसिर २०८०, शुक्रबार

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काभ्रे — काभ्रेमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मंगलबार राति ९ बजेपछि बनेपा नगरपालिका वडा नं ७ स्थित धनेश्वरमा बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा ८४ प ६९५९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ९९७५ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट मोटरसाइकल चालक रोशी गाउँपालिका-८ स्थित खार्पाचोकका ३९ वर्षीय सिद्ध कुमार लामा सख्त घाइते भएका थिए ।

लामालाई थप उपचारका लागि शिर ममोरियल अस्पतालले काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा रिफर गरेको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार लामाको उपचारको क्रममा अन्नपूर्ण न्यूरो अस्पतालमा बुधबार बिहान मृत्यु भएको हो ।

ठक्कर दिने टिपर चालक र सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राज कुमार श्रेष्ठले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

sukala