damuli hospatail

२२ मंसिर २०८०, शुक्रबार

दाङमा बस दुर्घटना, २५ जना घाइते

काठमाडौं, ९ असोज । काठमाडौंबाट सुर्खेतका लागि जांदै गरेको यात्रुवाहक बस दाङमा दुर्घटना भएको छ । पूर्वपश्चिम राजमार्गको दाङ, लमही नगरपालिका ९ शिवखोलामा दुर्घटना भएको हो ।

दुर्घटना हुँदा २५ जनाभन्दा बढी यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

कर्णाली प्रदेश ०२–००१ख ०६३२ नम्बरको यात्रु बोकेको बस आज बिहान दुर्घटना भएको र घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको बुझिएको छ ।

बसमा ४५ जना यात्रु सवार थिए । दुर्घटनाको कारण भने खुल्न सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्

sukala