तनहुँ
नेपाल विद्युत प्राधिकरणको नाममा अलपत्र अवस्थामा रहेको जग्गा र भवन माग्दै आँबुखैरेनी गाँउपालिकाका अध्यक्ष शुक्र चुमान सहितको टोली उर्जा ,जलश्रोत तथा सिंचाई मन्त्रालय पुगेको छ । गाँउपालिकाको पहलमा प्राविधकि शिक्षालय संचालन गर्ने उद्देश्यले आँबुखैरेनी गाँउपालिका वडा नं.–२ ढकालटारमा रहेको करिब १४ रोपनी जग्गा र सो जग्गामा रहेको संरचना संरक्षण तथा उपभोग गर्नको लागि अनुमति माग गर्दै पालिकाकको टोली काठमाडौं गएको हो ।
टोलीले उर्जा ,जलश्रोत तथा सिंचाई मन्त्री शक्ति बस्नेत सँग भेट गरेको छ । सो स्थानमा जलविद्युत केन्द्र निर्माणको समयमा कामदारहरुलाई आवास व्यवस्थापनको लागि भवन निर्माण गरेको थियो । स्थानीयहरुबाट जग्गा अधिग्रहण गरी संरचना निर्माण गरि विद्युत प्राधिकरणले तालिम केन्द्र संचायत गर्ने निर्णय गरे पनि हाल सम्म संचालन भएको छैनन् ।
सो स्थानमा संकटकालको सयमा सो जग्गा नेपाली नेताले उपयोग गरेको थियो । सेनाले छोडेपछि अहिले सो जग्गा र भवनहरुखण्डहरु अवस्थामा रहेको पालिकाले जनाएको छ । स्थानीय जनताको प्राविधिक विषय पढ्ने चाहाना हुँदाहुदै पनि स्थान अभावको कारणले पालिकामा प्राविधिक शिक्षालय संचालन गर्ने नसकेको हुदा सो जग्गामा पालिकाले प्राविधक शिक्षालय संचालन गनेै सोंच बनाएको अध्यक्ष चुमाले बताए ।
भेटघाटका क्रममा आँबुखैरेनीमा रहेको मस्र्याङदी जलविद्युत आयोजनाको तालमा मोटर संचालनका लागि समेत अनुमति माग भएको अध्यक्ष चुमानले बताए । भेटघाटका क्रममा मन्त्री बस्नेतले गाँउपालिकाको मागमा सकारात्मक भएको पनि अध्यक्ष चुमानले बताए ।