
आँबुखैरेनी । तनहुँको आँबुखैरेनीमा स्थापित आबुखैरेनी मुस्लिम समाजको पाँचौ साधारण सभा तथा तेस्रो अधिबेसन सम्पन्न भएको छ । शनिबार आँबुखैरेनीमा समाजको अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनले समाजको अध्यक्षमा पुनः मोहमद रफिलाई चयन गर्दै रफिको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा मदिना मियाँ, सचिवमा कादिर मियाँ र कोषाध्यक्षमा मोमिन दिन मियाँ चयन भएको छ ।
यस्तै सदस्यहरुमा हाजिर उजिन खाँन, मुख्तार मियाँ, अलिम खाँन, समिम खाँन, सत्तार मियाँ, तब्रेज आलम र नज्म्दिन मियाँ रहेका छन् ।
विगत पाच दसक देखि विभिन्न क्षेत्रबाट आएर व्यापार ब्यावसाय गर्दै आइ रहेका मुस्लिम समुदाय्ले धार्मिक सहिष्णुता साम्मजिक सद्भाव सामाजिक कार्यमा हातेमालो गर्दै अगाडि बढिरहेको समाजका अध्यक्ष मोहमद रफिले बताए ।
समाजले पछिल्लो समय इस्लामिक दाजुभाइहरु सँग चन्दा संकलन गरि पिप्ले स्थित ५ आना जग्गा खरिद गरि मस्जिद निर्माण कार्य अगाडि बढँएको थियो भने सो मस्जिद निर्माणका लागि आँबुखैरेनी गाउपालिकाबाट हालसम्म १५ लाख र गण्डकी प्रदेश सरकारबाट २ लाख ५० हजार आर्थिक सहयोग पाएको उनले बताए। अहिले मस्जिद निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष दिनेश केसी , वडा सदस्य मनोज कुमार श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।