images
images
images

बारामा तीर्थयात्री बोकेको बस दुर्घटना ः७ जना तीर्थयात्रीको मृत्यु

images

बारा ७ भदौ
धादिङ बस दुर्घटनाको भोलिपल्टै बारामामा पनि अर्को दुःख दुर्घटना भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ स्थित चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना भएको हो ।
काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको तीर्थयात्री बोकेको सो बस सडकबाट तल खहरेमा खसेको थियो ।
घटनापछि उपचारको क्रममा ७ जनाको मकवानपुरको हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए ।
मृत्यु हुनेमा ३ पुरुष र ४ जना महिला रहेका छन् । उनीहरुको सनाखत हुन बाँकी छ । दुर्घटनामा अन्य १७ जना घाइते भएको बताइएको छ ।

 

 

 

images