तनहुँ
व्यास नगरपालिका–२ गणेशमानचोक स्थित बन्दीपुरे कान्छा फ्रेस हाउसबाट छ दिन पछि संचालनमा आएको छ । सोमबार व्यास नगरपालिकामा बसेको बैठकले पसल खोल्न दिने सहमति गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरे,व्यासका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदी,भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा।बालकुमार श्रेष्ठ,खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तनहुँका प्रमुख प्रशान्त पोखरेल,व्यास नगरप्रहरी लगायतको बैठकले मासुको रिर्पोट आउँन ढिलाई भएकाले मासु व्यवसायीलाई मर्का पर्ने निचोड निकाल्दै पसल संचालनको लागि खोलिदिएको व्यासनगरपालिका प्रशासन शाखा प्रमुख रामचन्द्र हड्खलेले जानकारी दिए । मासुकै कारण मानिसहरु बिरामी भएको बिषयमा गम्भीर रुपमा अनुसन्धान गर्दा त्यस्तो खराबी भएको नपाइएको समेत उनले जानकारी दिए । छ दिनसम्म पसल बन्द गर्दा व्यवसायी मार परेका छन् नगरपालिकाले केही क्षतिपूर्तिको व्यवस्था गरेको छ त रु भन्ने प्रश्नमा प्रशासन प्रमुख हडखलेले मासु व्यवसायीको सहमतिमा अनुसन्धानको लागि पसल बन्द गरिएकाले क्षतिपूर्तिको बिषयमा कुनै कुरा उठान नभएको उनले बताए । अनुगमन समितिले जबरजस्ती पसल बन्द गराएको भए व्यवसायीले क्षतिपूर्तिको समेत दाबी गर्न सक्ने थिए होला,अनुसन्धानका लागि सहमतिमा पसल बन्द गराएकाले व्यवसायीले पनि त्यस्तो कुनै कुराको माग नगरेको उनले बताए ।
सोही मासु पसलबाट मासु लगेर खाँदा पाँच जना बिरामी भएको भन्दै उक्त मासु पसल व्यास नगरपालिकाको सक्रियतामा बन्द गरिएको हो । व्यास १३ र व्यास २ वडा कार्यालयबाट बन्द गरिएको मासु पसल खुलाएर सहयोग गरिदिन परिपत्र भएपछि बैठक बसि खुलाउन दिने सहमति भएको सहायक प्रजिअ काशीराम गैरेले जानकारी दिए । गत बुधबार खसीको मासु लगेर खाँदा पाँच जना बिरामी भएका भनिएकाहरु घर फर्किसकेका छन् ।
जिल्लाको व्यास नगरपालिका–१३ निवासी ६५ बर्षका बलभद्र अधिकारीले मासु लगेर पकाएर खाँदा बलभद्रका बुहारी ३० बर्षीय निर्लजा अधिकारी,११ बर्षीय नाति कुशल अधिकारी,छिमेकी सूचना सुवेदी र निजका छोरा समर सुवेदी बिरामी भएका हुन् ।
बिरामी भएकामध्ये बलभद्रको काठमाण्डौं र निर्लजा अधिकारी, छिमेकी सूचना सुवेदी र निजका छोरा समर सुवेदीको पोखराको गण्डकी अस्पतालमा उपचार पछि घर फर्किएका हुन् ।
उक्त पसलबाट लगेर खाएको मासुका कारण पाँच जना बिरामी भएको आरोप लागेपछि व्यास नगरपालिकाको सक्रियतामा मासु पसलमा ताला लगाइएको थियो ।
लामो समय पसल बन्द गरिदाँ व्यवसायीलाई मर्का पर्दैन भन्ने संचारकर्मीको प्रश्नमा रिर्पोट आउँन ढिलाई हुने देखिए छिट्टै पसल खुलाउन पहल गर्न सकिने भन्ने यस अघिको समाचारमा उनले जानकारी दिएका थिए ।
उक्त मासु पसलको मासु परीक्षणका लागि फरेन्सी ल्याबमा पठाइएकाले रिर्पोट आउन समय लाग्ने भएकाले लामो समय पसल बन्द गर्दा व्यवसायी मारमा पर्ने देखिएको र मासुमा बिषाक्त भएको नलागेपछि पसल खुलाउन पहल गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र तनहुँका प्रमुख डा।बालकुमार श्रेष्ठले जानकारी दिए ।
अन्य परिवारमा पनि समस्या आएको भए गाह्रो हुन सक्थ्यो एउटा परिवारमा मात्रै समस्या भएकाले खाना पकाउने सिलसिलामा टक्सिस चीज परेको हुन सक्ने आँकलन गरिएको उनले बताए ।
अँध्यारोमा खाना पकाएको हुँदा पकाएको चीजको नमुना लिएर परीक्षण गर्न पाएको भए रोग निदान कार्यमा छिटो सफलता पाउन सकिने उनले बताए ।
लामो समय पसल बन्द हुँदा मासु व्यवसायी मर्कामा पर्छन् । उनले भने,मासुमा केही जीवाणु हुन्छ तर त्यति खतरनाक खालको जीवाणु कमै मात्रामा पाइने हुन्छ ।