images
images
images

Untitled

images

तनहुँ
गण्डकी प्रदेशको गौरबको आयोजनाको रुपमा रहेको सालिग्राम करिडर लोकमार्ग सडक खण्डमा कालोपत्र कार्यका लागि ठेक्का सम्झौता गरिएको छ ।
उक्त सडक खण्डमा कालोपत्र गर्नका लागि तीन वटा ठेक्का सम्झौता गरी ठेकेदार कम्पनी निर्माण साइडमा खटिई गएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।

सालिग्राम कोरिडर अन्र्तगत कूल ८२ किलोमिटर दुरी सडक रहेको छ । उक्त दूरीमध्ये दासढुङ्गादेखि देउपुरसम्मको ६ दशमलब २ किलोमिटर दूरीमा यसअघि नै कालोपत्र कार्य सम्पन्न भैसकेको छ ।

रु।तेह्र करोडको लागतमा उक्त कार्य सम्पन्न भएको हो । सडक कालोपत्रको ठेक्का संरक्षयन रोयल जेभीले जिम्मा पाएको थियो ।
त्यसैगरी,देउपुरबाट भतेरीसम्मको करिब सत्र किलोमिटर दूरीमा कालोपत्र कार्यका लागि चालु आबदेखि नयाँ ठेक्का सम्झौता भएर प्रक्रिया अघि बढेको इन्जिनियर अमरेन्द्र यादवले जानकारी दिए ।
उहाँका अनुसार उक्त खण्डमा आस्फल्ट क्रंक्रिट किसिमको सडक चालु आबमा सुरु गरी दुई बर्षभित्र कालोपत्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । सडक निर्माणको लागि कल्पवृक्ष जेभीले जिम्मा पाएको छ । यस सडक निर्माणका लागि रु।आठ करोड बजेट बिनियोजन गरिएको छ ।
त्यसैगरी,जिल्लाको घिरिङ्ग गाउँपालिकाको बैदीबाट पुटटारसम्मको ३२ किलोमिटर दूरीमा ग्रावेल सडक निर्माणका लागि दुई वटा ठेक्का भई सम्झौता भएको छ ।

घिरिङ्गको करुवाटारसम्मको २१ दशमलब ५६५ किलोमिटर दूरीसम्म पहिलो ठेक्का सम्झौता भएको छ । उक्त दूरीमा ग्रावेल सडक निर्माण गरिने छ । सडक निर्माणको रु।चार करोड बजेट बिनियोजन गरेको छ । खड्का कृष्ण धुलिखेल जेभीले जिम्मा पाएको छ ।
त्यसैगरी घिरिङ्ग गाउँपालिकाको करुवाटारदेखि दश दशमलब ४३५ किलोमिटर दूरी दोस्रो ठेक्का सम्झौता भएको छ । उक्त दूरीमा पनि ग्रावेल सडक निर्माण गरिनेछ । सडक निर्माणको लागि रु।चार करोड बजेट बिनियोजन गरिएको छ ।
उक्त सडक निर्माणको जिम्मा देव वल्र्डवाइड कल्पबृक्ष जेभीले पाएको छ । पहिलो र दोस्रो ठेक्का सम्झौता अनुरुप चालु आर्थिक बर्ष ०८०÷०८१ मा सम्पन्न गर्ने लक्ष्य रहेको छ । तीन वटा ठेक्काको लागि कूल रु।सोह्र करोड लागत रहेको छ ।
देवघाटको दासढुङ्गाको पुलबाट देउपुर, कोटा, रुपटार,मानपुर, डेढगाउँ,बैदी हुदै पाल्पाको रामपुर र स्याङ्जा जिल्ला जोड्ने योजना रहेको कार्यालय प्रमुख दिनेशराज घिमिरेले जानकारी दिए ।
स्याङ्जाबाट कालीगण्डकी करिडोरको पारि पट्टि रहेका रुपटार,पुट्टार मधुबनटार लगायतका करिब छ वटा बस्तीलाई उक्त सडकले जोड्ने छ ।

उक्त क्षेत्रमा कृषिदेखि औद्योगिकग्राम स्थापनाको प्रचूर संम्भावना रहेकाले त्यस क्षेत्रका बस्तीलाई सडकसंग जोड्दै आर्थिक विकासका गतिविधी संचालन गर्ने लक्ष्य राखिएको छ ।
शुरुमा पाल्पा र स्याङ्जालाई तनहुँसंग जोडेपछि कालीगण्डकी करिडोर हुदै धार्मिक पर्यटकीयस्थल मुक्तिनाथ मन्दिरसम्म जोड्ने प्रदेश सरकारको दीर्घकालिन योजना रहेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS