तनहुँ
आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड को छैटौं वार्षिक उत्सव को अवसरमा दमौलि शाखाद्वारा ब्यास १० बैरेनी मा रहेको उज्यालो घरमा अनाथ बालबालिका हरुलाई बिहानको भोजन बितरण तथा फलफुल बितरण कार्यक्रम सम्पन्न भएको छ ।
ब्यास १० बैरेनी मा रहेको उज्यालो घरमा अनाथ बालबालिकाहरुलाई भोजन बितरण तथा फलफुल बितरण कार्यक्रममा गण्डकी एरिया प्रमुख पुरुषोत्तम पण्डित ,उज्यालो घरका अध्यक्ष सागर घिमिरे,दमौली शाखा प्रमुख महेन्द्र साखी, प्रतिभा पोख्रेल खनाल ,आबुखैरेनी शाखा प्रमुख दिवस अधिकारी बिमाका विजय फुंजाली र कर्मचारी सुस्मिता श्रेष्ठको सहभागितामा कार्यक्रम भएको थियो कार्यक्रममा उज्यालो घरमा रहेका बालवालिकालाई बिहानको भोजन बितरण तथा फलफुल बितरण गरिएको थियो ।