images
images
images

सुन तस्करीमा बेल्जियमका नागरिक दावा छिरिङ पक्राउ

images

करीब १०० किलो सुन तस्करी प्रकरणमा थप एक जना विदेशी नागरिक पक्राउ परेका छन्।

राजस्व अनुसन्धान विभागले काठमाडौंको ठमेलबाट चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङलाई पक्राउ गरेको हो। विभागले चलाइरहेको एक साताभन्दा लामो समयदेखि अपरेशनका क्रममा उनलाई पक्राउ गरिएको जनाएको छ।

विभागका महानिर्देशक नवराज ढुंगानाले दावा तस्करीमा संलग्न भएको प्रमाण फेला परेकाले नियन्त्रणमा लिएको बताए। “चिनियाँ मूलको भए पनि उनीसँग नेपाली नागरिकता पनि छ भन्ने कुरा आएको छ,” ढुंगानाले हिमालखबरसँग भने, “तर, यसबारे पुष्टि भइसकेको छैन। यिनी यो गिरोहका निकै महत्त्वपूर्ण सदस्य हुन् भन्नेल चाहिं साँचो हो।”

छिरिङलाई ठमेलस्थित होटल भियनाबाट पक्राउ गरिएको हो। उनले नेपाली नागरिकता र राहदानी समेत लिएका छन्।

उनले काभ्रेबाट नेपाली नागरिकता लिएको पाइएको थियो। यसबारे हिमालखबरले समाचार प्रकाशित गरेपछि उनी नेपाल छोडेर चीन गएका थिए।

यो प्रकरणमा अहिलेसम्म १८ व्यक्ति पक्राउ परिसकेका छन्। पक्राउ पर्नेमा एक चिनियाँ र एक भारतीय नागरिक पनि छन्।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS