images
images
images

दमौलीका निजि स्वास्थ्य संस्था मापदण्ड सहित सञ्चालनमा

images

तनहँु

तनहँुको व्यास नगरपालिकाले दमौलीमा सञ्चालित निजि स्वास्थ्य संस्थामा गरेको अनुगमन पछि सबै स्वास्थ्य संस्था मापदण्ड सहित सञ्चालनमा आएका छन् । असार २० गते देखि नगरपालिकाले दमौलीका ५ निजि अस्पताल, २७ वटा फार्मेसी र ८ वटा आयुर्वेद फर्मामा अनुगमन गरेको थियो । जसमा ७ वटा आयुर्वेद पसलमा सिल गरिएको थियो भने एक निजि अस्पताल र फार्मेसीलाई स्पष्टीकरण माग गरिएको थियो ।

जस अनुसार सबै निजि स्वास्थ्य संस्था मापदण्ड अनुसार सञ्चालनमा आएका छन् । अनुगमनको क्रममा सिल गरिएको स्पार्क दमौली अस्पतालले वेदव्यास फिजियोथेरापी सेन्टर दर्ता गरि मापदण्ड सहित सञ्चालनमा आएको नगरपालिकाको जनस्वास्थ्य निरिक्षक लक्ष्मी गुरुङले जानकारी दिईन् । त्यस्तै सिल गरिएका अन्य आयुर्वेद पसलहरुले पनि मापदण्ड पु्याएर दर्ता, नविकरण, लाईसेन्सको नविकरण गरि सञ्चालनमा आएको उनले बताईन् । मापदण्ड विपरित क्लिनिक सहित फार्मेसी सञ्चालन गरेको अमोल आयुर्वेदले अनुगमन पछि क्लिनिक बन्द गरे फार्मेसी मात्र सञ्चालन गरेको छ । त्यस्तै मापदण्ड विपरित क्लिनिक र प्रयोगशाला सहित सञ्चालन गरेको व्यास होमियो फार्मेसीले अहिले फार्मेसी मात्र सञ्चालन गरेको छ ।

नविकरण नै नगरि सञ्चालनमा रहेको अवस्थामा फेला परको सिटि जनरल अस्पालतले जरिवाना सहित नविकरण गरेको छ भने सबै मापदण्ड सहित सञ्चालनमा रहेको छ । अन्य निजि अस्पतालहरुले फोहोर मैलाको उचित रुपमा व्यवस्थान गरेको गुरुङले बताईन् । अनुगमन पछि नगरभित्रका निजि स्वास्थ्य संस्था मापदण्ड सहित सञ्चालनमा आएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । उनले बजार क्षेत्रमा रहेको निजि स्वास्थ्य संस्थालाई सुधार गर्नु र स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका नगरवासी सम्म स्वास्थ्य सेवा पुर्याउन नगरपालिका लागि परेको बताए । उनले भने,“ नगरवासीको स्वास्थ्य प्रति नगरपालिका गम्भिर छ, स्वास्थ्य क्षेत्रको बेथितीलाई सुधार गर्न हामी लागिपरेका छौं । ”

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS