images
images
images

चितवन माडी स्थित घाँघर खोला तर्दै गर्दा बाढीमा डुब्यो बस, यात्रु सकुशल

images

चितवन । चितवन माडीको घाँघर खोला तर्दै गरेको बस बाढीमा डुबेको छ । माडी नगरपालिका ८ र ९ को सिमानामा पर्ने घाँघर खोला तर्दै गरेको ना ४ ख १९४७ नम्बरको बसलाई आज बाढीले डुबाएको हो ।

ठोरीतिरबाट बसन्तपुर माडीतिर आउँदै गरेका बेला बस खोलामा फसेको थियो । बसमा चालकसहित ३ जना थिए । उनीहरु सबै सकुशल छन् ।

‘सुरुमा पानी कम हुँदा बस खोलामा हालेछन्, बालुवामा बस भासियो, पछि खोला बढेर आउँदा निकाल्न सक्ने अवस्था भएन, बस कोल्टिएर डुब्ने अवस्था आयो,’ इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक दीपक रिजालले भने ।

माडी क्षेत्रमा गएरातिदेखि नै ठूलो पानी परेको थियो । खोलाको बाढी अहिले भने घट्दै गएको छ ।

माडी–ठोरी हुलाकी सडक अन्तर्गत पर्ने घाँघर खोलामा पुल निर्माणको काम सुरु भए पनि सकिएको छैन । पुलका तीनवटा स्पान मात्रै ढलान भएका छन् । बाँकी काम अधुरै छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS