images
images
images

कम्युनिष्ट योद्धा दलु छायाँको निधन

images

काठमाडौँ । नेपालको कम्युनिष्ट आन्दोलनका योद्धा दलु छायाँ ९दलबहादुर भुजेल को ७७ वर्षको उमेरमा निधन भएको छ । २००३ सालमा सुनसरीको धरानमा जन्मिएका दलु छायाँ पञ्चायती व्यवस्थाविरुद्ध जनतालाई सचेत गराउने काममा अग्रसर रहेका थिए ।

२०१७ सालमा पूर्वकोशी प्रान्तीय कमिटीसँग निकट रहेर भूमिगत कालमा पार्टी काममा खटिएका उनले २०२२ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए ।

पञ्चायती व्यवस्था विरुद्धको लडाईंमा पटक–पटक जेल जीवन बिताएका छायाँ झापा आन्दोलनका शहीदहरूलाई पक्राउ गर्दा उनी पनि पक्राउ परेपनि प्रहरी हिरासतबाट भागेर बाँचेका थिए । नेकपा एमालेले छायाँको निधनप्रति शोक वक्तव्य जारी गर्दै दुख प्रकट गरेको छ । साथै उनको पार्टीप्रतिको निष्ठा र योगदान सदा प्रेरणादायी रहने एमालेले जनाएको छ ।

पछिल्लो समय मिर्गौलासम्बन्धी समस्याका कारण उपचाररत छायाँलाई एमालेले गत वैशाखमा पार्टी स्थापना दिवसका अवसरमा कम्युनिष्ट योद्धाका रूपमा सम्मान गरेको थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS