प्रताप लाल श्रेष्ठ
हामीहरु नेपाल कम्युनिष्ट पार्टीको संस्थापक महासचिव शिखरपुुरुष जनवादी आन्दोलनका रणनीतिकार कमरेड पुष्पलालको ४६ आंै स्मृति दिवस मनाउन गै रहेका छौं । उहांको निधन २०३५ सालको श्रावण ७ गते भारतको गोविन्द वल्लभ अस्पतालमा ५४ वर्षको उमेरमा निधन हुन गएको थियो । यसै सन्दर्भमा नेपाली क्रान्तिकारी कम्युनिष्टहरु परिवर्तनका वाहक जनताहरु किन कमरेड पुष्पलाललाई असिम श्रद्धाका साथ हेर्छन रु नेपालको समाज व्यवस्था परिवर्तन गर्न उहांको के योगदानहरु रहे रु वारे थोरै चर्चा गर्न कोशिस गरिएको छ ।
जव हाम्रो देशमा राणाहरुले आफनो निरकुंस सिकन्जाहरु कस्दै लगेका थिए त्यति नै वेला तिर माक्र्स एंगेल्सले सुप्रसिद्ध पुस्तक कम्युनिष्ठ पार्टीको घोषणा पत्र प्रकाशन गर्दै थिए । यो पुस्तक संसारका श्रमजीविहरुको विगत वर्तमानको विश्लेषण र भविष्यवारे कोरिएको पुस्तक थियो । यो पुस्तक नेपालीहरुमा गुमनाम जस्तै थियो । प्रकाशन भएको करिव १०० वर्ष पछि कमरेड पुष्पलालले नेपालीमा उल्था गर्नु भयो । यो उल्था गरी २००५ सालमा प्रकाशन गर्दै गर्दा नेपालमा राणाशाहि व्यवस्था अन्तिम श्वास फेर्न लाग्दै थियो । यो पुस्तकको अध्ययनले नेपालमा मात्र होइन संसारमा श्रमजीविहरुको जीवन जतिसुकै कष्ठकर भएको भए पनि अध्यारो छैन उज्योलो छ भनी विश्वास छरेको थियो ।
राणाशाही विरोधी आन्दोलन चलीरहेको वेला त्यसको गन्तव्य ष्पष्ट थिएन । केवल जहांनीया राणाशाहीको अन्त्य मात्र थियो । कमरेड पुष्पलालले त्यसको लक्ष्य केवल राणाशाहीको अन्त्य मात्र नभई कुनैपनि खालको एकतन्त्रिय शासन व्यवस्थाको अन्त्य गरी जनवादी शासन व्यवस्थाको स्थापना थियो भनेर लक्ष्य ष्पष्ट पार्नु भएको थियो । त्यसै सन्दर्भमा राणाशाही विरोधि आन्दोलन जनता वीचमा पु¥याउनु संगै नयां जनवादी आन्दोलनको स्वरुप ग्रहण गर्नु पर्ने रेखा कोर्नु भयो ।
यीने शैद्धान्तिक र वैचारिक आधरहरु तयार पार्दै गर्ने क्रममा उहांले नेपाल कम्युनिष्ट पार्टी निरंजन गोविन्द वैद्य , नरवहादुर कर्माचार्य , गोविन्द विलास पन्त र मोतिदेवीको साथमा गठन गर्नु भयो । पार्टी स्थापना गरेर उहांले पु¥याउनु भएको योगदान अत्यन्त दुरगामि महत्वको रहेको छ ।
नेपाली समाजलाई कसरी हेर्ने , वुझने कसरी विष्लेषण गर्ने कुने वैज्ञानिक दृष्टिकोण थिएन । कमरेड पुष्पलाले एतिहासिक भौतिकवादी दृष्टिकोणको आधरमा नेपाली समाजलाई हेर्ने वुझने संष्लेषण गर्नेको कुराको थालनि गर्नु भयो । यहि आधरमा नेपाली समाजको जन्म कसरी भयो कसरी अगाडि वढदैछ , अहिले कुन अवस्थामा छ नेपाली समाजको विकासको भविष्य कस्तो छ भन्ने कुरा पत्ता लगाउनु भयो । उहां नेपाली समाजलाई एतिहासिक भौतिकवादी ढंगले हेर्ने वुझने , विष्लेषण गर्ने पहिलो व्यक्ति हुनुहुन्थ्यो ।
एतिहासिक भौतिकवादी दृष्टिकोणको आधरमा नेपाली समाज आदिम साम्यवादी समाज , दास समाज हुदै सामन्ति युगमा छ । अहिले हाम्रो समाज पुंजिको प्रवेश हुनुका कारण अर्ध सामान्ति र अर्ध औपनीवेसिक अवस्थामा छ भनी,किटान गर्नु भयो । यो अर्धसामन्ति अवस्थाको समाजलाई तोडनु भत्काउनु नै हाम्रो मुख्य कार्यभार हो भनी भन्नु भयो ।
नेपाली समाजको यो अवस्थालाई तोडने क्रान्तिको स्वरुप के हो रु पुजिवादी जनवादी क्रान्ति हो कि रु समाजवादी क्रान्ति हो कि भन्ने वारेमा पनि कमरेड पुष्पलालले ष्पष्ट विचारहरु अगाडि सार्नु भयो । नेपाली समाज अहिले अर्धसामान्ति र अर्धऔपनिवेसिक अवस्थामा भएकोले यो समाजलाई रुपान्तरण गर्नको लागि हामीले नयां जनवादी क्र्र्रान्ति गर्नु पर्छ भन्ने कुरालाई अगाडि सार्नु भयो । यो क्रान्ति सम्पन्न नभइकन हामी जनवाद, समाजवाद , साम्यवाद तर्फ अगाडि जान सक्दैनौं ।
यो क्रान्ति अगाडि वढने क्रममा नेपाली समाज धेरै प्रकारका अन्तरविरोधमा जेलिएकोछ । नेपाली समाज नेपाली समाजलाई चुस्न सामन्तहरु दलाल नोकरशाहीहरु छन् एका तिर भने अर्को तिर सानो संख्या भए पनि राष्ट्रिय पुजिपति वर्ग मध्य पुजिपतिहरु निम्न पुजिपतिहरु गरिव भुमिहिन सर्वहाराहरुछन् । सामन्ति दलाल नोकरशाहि र यसलाई नेतृत्व गर्ने राजतन्त्र र नेपालीहरु विचको अन्तरविरोध नै प्रधान अन्तरविरोध हो र अन्य अन्तर विरोधहरु गोण हुन भनी किटान गर्नु भयो । यसरी उहांले राजतन्त्र विरुद्ध आन्दोलनलाई केन्द्रीत गर्नु पर्ने विचार अगाडि सार्नु भयो ।
नेपाली क्रान्तिलाई अगाडि वढाउने क्रममा उहांले नेपाली समाजको वर्ग विष्लेषण गर्नु भयो । हाम्रो देशमा जमिन्दार वर्ग , धनी पुजिपति वर्ग मध्यम वर्ग , निम्न वर्ग , गरिव भुमीहिन सर्वहारा वर्गहरु छन् भनी विष्लेषण गर्नु भयो । सामान्ति दलाल नोकरशाहि र आम नेपालहरुको विचमा नै प्रधान अन्तर विरोध भएकोले आन्दोलन यिनैका विरुद्ध किटान गर्नु पर्ने धारण अगाडि सार्नु भयो । यसरी नेपाली समाजलाई वर्गिय दृष्टिकोणले हेर्ने वर्गहरुको भुमिकालाई देख्ने दृष्टिकोणलाई पहिलो पटक अगाडि सार्नु भयो । याने सही द्धन्दवादी दृष्टिकोण अगाडि सार्नु भयो ।
नेपाली जनवादी क्रान्तिलाई अगाडि वढाउने सिलसिलामा रणनीति र कार्यदिशाहरु निर्धारण गर्नु भयो । हामीले गरिने क्रान्ति जहिले सुकै पनि प्रतिक्रीयावादी सत्तालाई समाप्त गर्ने र जनताको जनवादी सत्ता स्थापना गर्ने कुरालाई के्रन्द्रविन्दुमा राखेर अगाडि वढनु पर्छ भन्ने कुरालाई ष्पष्ट पार्नु भयो ।
त्यसै नेपाली क्रान्तिको कार्यक्रमको सन्दर्भमा कमरेड पुष्पलालले नयां जनवादी कार्यक्रम अगाडि सार्नू भयो । यो आफैमा एउटा सामन्तवाद साम्राज्यवाद विरोधि कार्यक्रम थियो । पु्ष्पलालले अगाडि सार्नु भएका कार्यक्र्रमहरुमा रहेका कतिपय अष्पष्टताहरुलाई मेटाउन जनताको वहुदलीय जनवादी कार्यक्रमले ष्पस्ट पारेको छ । यो जवजको कार्यक्रम नेपाली कम्युनिष्ट आन्दोलनको एक मौलिक कार्यक्रम भएर आएको थियो ।
यो क्रान्ति सम्पन्न गर्न कमरेड पुष्पलालले विभिन्न शक्तिहरुको एकतालाई जोड दिनु् भयो र जनवादी मोर्चा निर्माणमा जोड दिनु भयो । अझ कमरेड पुष्पलालले समान शत्रुका विरुध पंचायत विरोधि शक्तिहरु नेपाली कंग्रेस सहित संयुक्त आन्दोलनको अवधारणा अगाडि सार्नु भयो । संयुक्त आन्दोलन प्रति नेपाली कंग्रेसका नेता विश्वेश्वर प्रसाद कोइराला सकरात्मक नहुनु भएको कारण यो लागु हुन त सकेन तर ०४६ सालको पंचायत विरोधी आन्दोलनमा भने संयुक्त आन्दोलन हुन गयो र पंचायति व्यवस्था सधैको लागि अन्त्य भयो ।
कमरेड पुष्पलालले वैज्ञानिक ढंगले संगठन संचालन गर्न संगठनात्मक शिद्धान्तको पनि विकास गर्नृृ भयो । जसले गर्दा केन्द्र्रीय कमिटी , प्रान्तिय कमिटी, जिल्ला कमिटी गाउं कमिटी वडा कमिटीहरु गठन हुन गए । आम जनता कार्यकर्ताहरु संगठित हुने अवस्था श्रृजना भए । आज संगठनको जुन संजालको विकास भएकोछ , त्यो पुष्पलालले अगाडि सार्नु भएको आधारशिलाले नै हो ।
कमरेड पुष्पलालले संगठनात्मक संरचनाहरुको विकास संगै जनवादी केन्द्रीयताको शिद्धान्तलाई पनि अगाडि सार्नु भयो । जसले गर्दा तल देखि माथि सम्म रहेका संगठनहरुको अधिकार कर्तव्य र अनुशासन पहिचान हुन सक्यो ।
कम्युनिष्ट आन्दोलनलाई अगाडि वढाउने क्रममा नेपाली जनतालाई संगठित गर्नको निम्ति पार्टीको प्रत्यक्ष वा अप्रत्यक्ष नेतृत्वमा अनकौं जनवर्गिय संगठनहरुको निर्माण र संचालनको अवधारणा विकास गर्नु भयो । जसले गर्दा पार्टी प्रतिवन्ध भएको वेलामा पनि ००८ — ०१४ ठूलठुला किसान संघर्षहरु हुन गए ।
कमरेड पुष्पलालले नेपाली क्रान्तिलाई सही मार्ग निर्र्देशन गर्नुको साथै नेपाली संस्कृतिक आन्दोलनको दिशा निर्धारण गर्ने काममा पनि ठ्रुलो योगदान गर्नु भयो ।
कमरेड पुष्पलालले विश्व कम्युनिष्ट आन्दोलनमा देखा परेको महाविवादमा पनि अपेक्षाकृत स्रन्तुलित नीतिहरु अगाडि सार्नु भयो र नेपाली कम्युनिष्ट आन्दोलनलाई जोगाउनु भयो ।
यसरी कमरेड पुष्पलालले नेपालको कम्युनिष्ट तथा देशभक्त आन्दोलनमा ठू्रलो गुन लगाउनु भएकोछ । परिवर्तनकारी नेपाली जनताको संझना सदा रहिरहनु भएको छ ।
२०८० श्रावण ६ गते
लेखक नेकपा एकिकृत समाजवादीको पोलिटव्युरो सदस्य तथा गण्डकी सचिव हुनुहुन्छ ।