तनहुँ
एकिकृत समाजवादी तनहुँका अध्यक्ष श्रीराम कार्की नेकपा एमालेमा फर्किएका छन् । नेकपा एमाले जिल्ला कमिटी तनहुँले शुक्रबार पार्टी समाहित कार्यक्रमको आयोजना गरी पार्टीमा प्रवेश गराएको हो ।
सो कार्यक्रमा जिल्ला सचिवालय सदस्य दिपक खाती, जिल्ला सदस्यहरु भरत के सी, नारायण कार्की, विजय गौतम ,हरि कार्की,भानु चापागाईं ,झकनारायण श्रेष्ठ,बिष्णु वहादुर अधिकारी,कल्याण अधिकारी, अनेरास्ववियु जिल्ला सचिव सँचिता विक लगाएत नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा प्रवेश गरेका हुन् ।
एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ , केन्द्रीय सचिव गोकर्ण बिष्ट नेताहरु किरण गुरुङ , टुकराज सिग्देल , तिलक महत , भगवती न्यौपाने , सविता रसाइली लगाएतका नेताहरुले कार्की सहितका नेताहरुलाई स्वागत गरेका थिए । पार्टीमा समाहित भएका कार्कीले एमालेलाई थप बलियो वनाउने कार्यमा प्रतिबद्धता व्यक्त गरेका थिए ।