५ साउन, धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको रोराङ गाउँपालिका(३ मलेखुमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
काठमाडौबाट मुग्लिङतर्फ आउँदै गरेको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२(०३७ प ७७३१ नम्बरको मोटरसाइकल ओभरटेक गर्ने क्रममा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक ९डीएसपी० सन्तु जैसवालले जानकारी दिए ।
डीएसपी जैसवालका अनुसार मोटरसाइकलको पछाडि सवार महिला घाइते भएकी छन् ।
घाइते महिलाको उपचारको लागि काठमाडौंको बी एण्ड बी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।