images
images
images

स्कर्टिङ गरेर फोहोर लैजाने क्रममा सिसडोलमा प्रहरी र स्थानीयबीच झडप

images

काठमाडौं । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा काठमाडौं उपत्यकाको फोहोर लैजाने क्रममा झडप भएको छ ।

शहरी विकास मन्त्रालय र काठमाडौं उपत्यकाका स्थानीय तहको अनुरोधमा प्रहरी स्कर्टिङमा फोहोर लैजाने क्रममा स्थानीयले अवरोध गरेपछि सिसडोल क्षेत्रमा झडप भएको स्थानीयले बताएका छन् ।

 

फोहोर मैला व्यवस्थापन संघका महासचिव मित्र घिमिरेका अनुसार काठमाडौंमा फोहोर लोड भएका गाडी लिएर नेपाल प्रहरीले स्कर्टिङमा लगेको थियो ।

तर, सिसडोलमै स्थानीयले रोकेपछि प्रहरी र स्थानीयबीच झडप भएको हो । अहिलेपनि स्थानीयको अवरोधले फोहोरको गाडी अगाडि बढ्न नसकेको घिमिरेले बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS