images
images
images

सडकको माथिबाट पहिरो खस्दा एक जनाको मृत्यु

images

तनहुँ

म्याग्दे गाँउपालिका वडा नं. १ माथिल्लो गुणादी स्थित पृथ्वीराजमार्ग मुग्लिङ पोखरा सडक खण्डमा सडकको माथिबाट पहिरो खस्दा सडकमा निर्माण काम गरी रहेका एक जनाको मृत्यू भएको छ ।

पहिरोले पुरी घाइते भएकामा उपचारको लागि रत्नहरी मेमोरियल अस्पताल दमौलीमा पुर्योई उपचार गराउने क्रममा झापा जिल्ला शिवशताक्षी न.पा.वडा नं. ७ बस्ने ३३ बर्षिय भिम भुजेलको मृत्यू भएको हो ।

घटनामा उदयपुर कटारी नगरपालिका वडा नं.७ बस्ने ४० बर्षिय बल बहादुर राईको दमौली अस्पतालमा प्रारम्भिक उपचार पश्चात थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा रिफर भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको  प्रहरीले जनाएको छ ।

images