images
images
images

गोरखाली समाज तनहुँको सातौ अधिवेशन सम्पन्न

images

दमौली १२ चैत्र
गोरखाली समाज तनहुँको सातौ अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले पुन शम्भुलाल श्रेष्ठलार्ई अध्यक्षमा सर्बसम्वत चयन गरेको छ । समितिको उपाध्यक्षमा सावित्री देवी अधिकारी,सचिवमा एस.बि.नेपाली कोषाध्यक्षमा गुञ्जमान कोइराला,सहसचिवमा सावित्री भण्डारी चयन भएका छन् ।
त्यसैगरी हिरा घले,साजन मग्राती,चन्द्रमाया गुरुङ,नविन वस्ती,लक्ष्मण कट्टेल,ज्ञानु पन्थ पोखरेल चयन भएका छन् ।

भवन निर्माण समिति संयोजकमा भण्डारी
त्यसैगरी समाजको भवन निर्माण समितिको अम्मर भण्डारीलाई चयन गरिएको छ । समितिको सदस्यमा नारायण प्रसाद अधिकारी,याम बहादुर थापा,एस।बि।नेपाली लक्ष्मण सिंखडा,बिजया गौतम र राजेन्द्र श्रेष्ठलाई चयन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी शिक्षा विकास तथा समन्वय ईकाईका अधिकृत बिश्वराज रेग्मीले कार्यक्रमको व्यानर पढेर उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै प्रमुख अतिथी रेग्मीले गोरखा घर भई हाल तनहुँमा बस्दै आएका गोरखालीहरुलाई समेट्दै सामाजिक क्रियाकलामा उन्मुख हुनु गौरबको कुरा भएको बताए । कार्यक्रममा सल्लाहकार माधव बहादुर पन्थ,नारायण प्रसाद अधिकारी,अम्मर भण्डारी,सावित्री देवी अधिकारी लगायतका वक्ताहरुले समाजलले गर्दै आएको क्रियाकलाप र भावी दिनमा गरिने कार्यक्रमका बारेमा मन्तव्य राखेका थिए ।

त्यसैगरी समाजको सल्लाहकारमा माधव बहादुर पन्थ,अम्मर भण्डारी,नारायण प्रसाद अधिकारी,यामबहादुर थापा,रेवत शाह,झनक नारायण श्रेष्ठ,भोजबहादुर थापालाई चयन गरिएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS