images
images
images

नेपाल मगर सघको १० औं बार्षिक साधारणसभा सम्पन्न

images

तनहुँँ
नेपाल मगर सघ केन्द्रीय कार्य समितिको १० औं बार्षिक साधारणसभा एब्म् तेस्रो पुर्ण नियमित बैठक शनिबार काठमाडौं कलंकी स्थित नेपाल मगर सघको सभा हलमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै नेपाल मगर सघका निवर्तमान अध्यक्ष तथा अन्तर्राष्ट्रिय मगर महासघका अध्यक्ष नवीन रोक्का मगरले मगर समुदायलाई आर्थिक ,सामाजिक ,राजनैतिक ,शैक्षिक ,ब्यवसायिक र स्वास्थका हिसावले सचेत रहनुपर्ने विषयमा यो साधारण सभाले विशेष भुमिका खेल्न जरुरी भएको बताए ।

यसैगरी निर्वाचन समिति संयोजक सिद्धान्त थापा मगरले संगठनलाई सागठनिक हिसावले मजबुत गराउन निर्वाचन समितिको माध्यम बाट विदेशमा रहेका २२ शाखा र नेपालमा रहेका७ प्रदेश ७ सय५३ वटा स्थानीय तह ७७ जिल्लाहरुमा निर्वाचन समितिलाई क्रियाशिल भएर लाग्न निर्देशन दिए। यसैगरी कार्यक्रमको स्वागत मन्तब्य नेपाल मगर सघका केन्द्रीय बरिस्ठ उपाध्यक्ष धनबहादुर पुन मगरलेगरेका थिए ।

कार्यक्रममा नेपाल मगर संघका पुर्ब अध्यक्ष तथा पुर्व माननीय महेन्द्र थापामगरले मगर समुदायलाई आफ्नो हक हित र अधिकारका लागि देशैभरका वडा, नगर ,गाउँ ,जिल्ला प्रदेश र केन्द्रीय स्तरमा रहेका विभिन्न तह र तप्काकाका कार्य समिति एक भएर संगठन सुदृढीकरणकालागि लागि पर्न अनिवार्य भएको बताए ।
कार्यक्रमको नेपाल मगर सघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुन मगरको सभापतित्वमा सम्पन्न भएको उक्त बैठकको संचालन नेपाल मगर संघका केन्द्रिय महासचिव टेकबहादुर नाम्जालिमगरले गरेका थिए।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS