images
images
images

तेस्रो लिगलिगे साईकल दौडको उपाधी हिमाल टमाटालाई

images

पालुङटार,
तेस्रो लिगलिगे साईकल दौड प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लवका हिमाल टमाटाले जितेका छन् । ५३ किलोमिटर दुरी दुई घण्टा २४ मिनेट २७ सेकेन्डमा पुरा गर्दै उनी बिजेता बनेका हुन् ।
पहिलो साईकल दौड प्रतियोगितामा टमाटा दोस्रो बनेका थिए भने दोस्रो प्रतियोगितामा चौँथो बने । कञ्चनपुरका टमाटाले तेस्रो प्रतियोजितामा उपाधी उचालेका हुन् ।
गत वर्ष भएको दोस्रो लिगलिगे साईकल दौडका बिजेताले दुई घण्टा ५८ मिनेट समयमा निर्धारित दुरी पुरा गरेका थिए । गत वर्षका बिजेताले भन्दा यो पटक कम समयमा टमाटाले दौड पुरा गरेका हुन् ।
‘यो रुट अन्तराष्ट्रिय स्तरको छ, अफरोड पनि छ, पिचपनि छ, उकालो, ओरालोपनि छ’ बिजेता भएपछि हिमाल टमाटाले भने ‘तेस्रो प्रयासमा बिजेता हुँदा खुसी छु ।’ सन् २०१९ मा भएको १३ औँ सार्कमा उनले साईकल दौडमा नेपालको तर्फबाट स्वर्ण जितेको बताए ।
दुई घण्टा २४ मिनेट ४१ सेकेन्डमा निर्धारित दुरी पार गर्दै काभ्रेका अच्युतकृष्ण खरेल दोस्रो भए भने दुई घण्टा २४ मिनेट ४६ सेकेन्डमा दुरी पुरा गर्दै काठमाण्डौँका कुमार तामाङ तेस्रो भए । लक्ष्मण मल्लले दुई घण्टा २५ मिनेट ४१ सेकेन्डमा दुरी पुरा गर्दै चौँथो भए भने दुई घण्टा २५ मिनेट ३९ सेकेण्डमा पुरा गर्दै मानबहादुर थापा मगर पाँचौँ भए ।


उनीहरुले क्रमस ७५ हजार, दोस्रो हुनेले नगद ५० हजार, तेस्रो हुनेले नगद ३० हजार, चौथो हुनेले नगद १५ हजार र पाँचौ हुनेले ७ हजार पाँच सय रुपैया मेडल र प्रमाणपत्र पाएका लिगलिग भिलेज स्पोर्टसका अध्यक्ष विनोद श्रेष्ठले बताए ।
मेन पुरुष तर्फ दुई घण्टा ३२ मिनेट चार सेकेन्डमा ५३ किलोमिटर दुरी पार गर्दै हर्क लामा बिजेता बने । दुई घण्टा ४९ मिनेट ५५ सेकेन्डमा दुरी पार गर्दै बिकास महर्जन दोस्रो भए भने देबबहादुर बोहोराले दुई घण्टा ५२ मिनेट २१ सकेन्डमा दुरी पार गर्दै तेस्रो बने । यो समुहमा प्रथम हुनेलाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार नगद पुरस्कार प्रदान गरिएको छ । त्यसैगरी पालुङटारका स्थानीयहरु बीचको प्रतियोगितामा सुरज राजभाटले ३ घण्टा ३५ मिनेट ६ सेकेन्डमा दुरी पार गर्दै प्रथम भए ।
बिजेताहरुलाई गण्डकी प्रदेश सभाका सदस्य एवं प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेले पुरस्कार बितरण ग रे । प्रतियोगिताको बिभिन्न बिधामा दुई बिदेशी सहित ३९ जना सहभागी भएका लिगलिग भिलेज स्पोर्टसका निवर्तमान अध्यक्ष सञ्जिव रानाले बताउनुभयो । राष्ट्रिय खेलकुद परिषदबाट अनुमति लिई अन्तराष्ट्रिय मापदण्डमा रहेर प्रतियोगिता संचालन गरिएको रानाले बताए।
लिगलिग भिलेज स्पोर्टसको आयोजनामा भएको साईकल दौड लिगलिगकोटबाट सुरु भएको साईकल दौड आँपपिपल भञ्ज्याङ, हर्मिभञ्ज्याङ, बयापानी, मकनडाँडा, थापागाउँ, आँपपिपल अस्पताल, पाथीभरा, गुन्टार, मिर्तिखोला, भण्डारथोक, ओख्ले, लमजुङ गरमवेशी, घर्तीगाउँ, ठूलो बगैचा, चेपेघाट, पालुङटार हवाईग्राउण्ड, तालपोखरी, राधाकृष्ण मन्दिर, बाह्रपिर्के, हात्तीगौडा, लुइँटेल, बयाडाँडा हुदै मैबलबाट लिगलिगकोटसम्मको ५३ किलोमिटर रहेको थियो ।
प्रतियोगितालाई तीन फरक भागमा विभाजन गरेर आयोजना गरिएको थियो । पुरुष कुलिन, पुरुष मास्टर र स्थानीय गरी तीन विधा तोकिएपनि स्थानीय भने सहभागी भएनन् ।
लिगलिगकोटमा रहेको राष्ट्रिय झण्डा भएको स्थानबाट सुरु भएर पुनः सोही स्थानमा फर्किएर दौड कार्यक्रम पुरा भएको थियो । लिगलिग भिलेज स्पोर्टसका आयोजना पालुङटार नगरपालिका, गोरखा नगरपालिका साथै प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशले प्रायोजन गरेको छ भने प्रवद्र्धकमा रुपमा पर्यटन बोर्ड रहेको छ । प्राविधिक सहयोग नेपाल साइक्लिङ संघ र राष्ट्रिय खेलकुद परिषदले गरेको थियो ।
प्रतियोगिता संचालनका लागि ३० लाख खर्च भएको आयोजकले जनाएको छ । साईकल दौडसँगै बिभिन्न सांस्कृतीक कार्यक्रमपनि भएको थियो । लोक गायक चिज गुरुङ र अस्मिता डल्लाकोटी लगायत स्थानीय कलाकारको प्रस्तुती रहेको थियो ।
लिगलिग भिलेज स्पोर्टका सचिव प्रमिला राना मगरले लिगलिगकोटको प्रचार प्रसारकालागि साईकल दौड प्रतियोगिता संचालन गरिएको बताए । ‘यो आफैँमा ऐतिहासक ठाउँ हो, तर यहाँको बिकास निर्माण र प्रचार प्रसार हुन सकेको छैन, यहाँको प्रर्वद्धनकालागि पनि साईकल दौड गरेका हौँ ।’ लिगलिगकोटको ऐतिहासिक पहिचान भएपनि यहाँ आएका बिकास बजेटको सही सदुपयोग आवश्यक रहेको बताए ।
लिगलिगे साईकल दौड प्रतियोगितामा पालुङटार नगरप्रमुख बिबस चिन्तन, भानु नगरप्रमुख आनन्दराज त्रिपाठी, सिरान्चोक गाउँपालिकाकी उपाध्यक्ष रिता देवकोटा लगायतले लिगलिगकोट गण्डकी प्रदेश कै महत्वपूर्ण ऐतिहासिक स्थल भएकाले बिकासका गतिबिधि सँग–सँगै प्रचार प्रसारमा जोड दिनु पर्ने बताए ।

 

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS