तनहुँ
जिल्ला प्रहरी कर्यालय तनहुँले लागू औषध सहित तिन पक्राउ गरेको छ । आबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटार स्थितमा अस्थाई प्रहरी पोष्ट मुग्लिङ पुलजिप तनहुँबाट खटिएको प्रहरी टोलीले भैरहवाबाट पोखरा तर्फ आउदै गरेको ना ५ ख १८२ नं.को बस चेकजाँच गर्ने क्रममा बसमा सवार तिन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रुपन्देही जिल्ला सिद्धार्थ नगरपालिका वडा नं.६ पिपरैयाको ४० बर्षिय महेस चमार, तनहुँ रिसिङ गाउँपालिका वडा नं. १ सपाङदीका २१ बर्षिय आकाश गाहा मगर, तनहुँ देबघाट गाउँपालिका वडा नं. २ बैदी बस्ने २१ बर्षिय सुरज थापा रहको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उनीहरुको साथबाट लागु औषध डाईजेपाम १०० एम्पुल, फेनरागन १०० एम्पुल, नुर्फिन १०० एम्पुल गरी जम्मा ३०० एम्पुल लागु औषध फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले बताए ।
सोही बसमा सवार जिल्ला तनहुँ रिसिङ गाउँपालिका वडा नं. १ सपाङदी बस्ने बर्ष २१ को आकाश गाहा मगरको साथबाट लागु औषध डाईजेपाम १५ एम्पुल, फेनारागन १५ एम्पुल र नुर्फिन १५ एम्पपुल जम्मा ४५ थान लागु औषध फेला पारेको दुबै लागु औषधहरु बरामद गरी लागु औषध कारोबारमा संलग्न रहेका महेश चमार, आकाश गाहा मगर सहित सुरज थापालाई तनहूँ जिल्ला अदालत उपस्थित गराई दिन १० दिन को म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।