व्यास नगरपालिका–४ स्थित बागबजार स्थित पराशर कलेजको नवौं वार्षिक साधरण सभा शनिबारबाट दमौलीमा शुरु भएको छ । सभाको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले उद्घाटन गरे ।
सो अवसरमा समन्वय प्रमुख वाग्लले पराशर कलेजले उत्कृष्ट नतिजा ल्याएर तनहुँ र यस आसपाससँग जोडिएका जिल्लाका विद्यार्थीको रोजाईको केन्द्र बनेको बताए। साथै वाग्ले तत्कालिन शिक्षा मन्त्री गोविन्दराज जोशीको मद्धतले गर्दा कलेज स्थापना गर्न सकिएको भन्दै जोशीको योगदान भुल्न नहुने बताए । कार्यक्रममा पूर्व डिन तथा प्रा.डा.कृष्णप्रसाद गौतमले शैक्षिक योगदान दिने प्रमुख उद्धेश्यले कलेज स्थापना गरिएको रोजगार मुलक नयाँ शैक्षिक शैक्षिक कार्यक्रमहरु विद्यालयले सञ्चालन गर्नु पर्ने बताए । गुणस्तरीय शिक्षा प्रदान गर्दै अभिभावको चाहाना अनुसारको शिक्षा प्रदान गरिनु जरुरी रहेको प्रा.डा. गौतमले बताए।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष सूर्यचन्द्र हड्खलेको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख अमृत भण्डारीले क्याम्पसको प्रगति प्रतिवेदन पेश गरेका थिए । क्याम्पस प्रमुख भण्डारी कलेजले उत्कृष्ट नतिजा ल्याएको बताए । एइइ नतिजामा सारा अधिकारीले ३.९५ प्रतिशत अंक प्राप्त गरी तनहुँ जिल्ला प्रथम हुन हुन सफल भएको बताए । कार्यक्रमको सहजीकरण सहायक क्याम्पस प्रमुख मिनबहादुर कार्कीले गरेका थिए ।
















