images
images
images

प्रजातन्त्र दिवसमा दमौली विचार बिर्मश, ‘जनहितको पक्षमा काम भएन’

images

तनहुँ

७३ औ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा दमौलीमा प्रजातान्त्रीक आन्दोलन र अवको गन्तब्यका बिषयमा विचार बिर्मश कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै वक्ताहरुले अहिलेको ब्यवस्थामा जनताको हितको पक्षमा काम नभएको बताएका छन् ।

कार्यक्रममा बोल्दै संविधान सभा सदस्य राचन्द्र पोख्रेलले राज्य संचालक दल र दलका नेताहरुबाट कमी कम्जोरी भएको भए सुधार गरेर जानुपर्ने बताए । कार्यक्रममा बोल्दै पोख्रेलले प्रजातन्त्रको सुदृढिकरणको विकल्प नरहेको बताए । कार्यक्रममा बोल्दै संविधान सभा सदस्य तथा पुर्वमन्त्री आशा कोइरालाले प्रजातन्त्र दिवसको अवसरमा निराशावादी हुनुनपर्ने बताँउदै अवको गन्तब्य समाजवाद भएकाले त्यस तर्फ जानुपर्ने बताइन् । कार्यक्रममा बोल्दै पुराना कम्यूनिष्ट नेता शेषमणि आचार्यले प्रजातन्त्र सुदृढिकरणका लागि सबै क्षेत्रमा पुनरजागरण आवश्यक रहेको बताए । प्रजातन्त्रलाई सुदृढिकरण गर्न नलाग्ने भने ब्यवस्थामा खतराको घण्टी बज्ने पनि नेता आचार्यले बताए । कार्यक्रममा बोल्दै प्रा.डा. कृष्ण गौतमले प्रजातन्त्रका शुन्दर पक्षका बारेमा बिर्मश हुन छाडेको बताए । प्रजातन्त्रको रक्षाका लागि प्रजातन्त्रका आधार स्तम्भलाई सवल बनाएर लैजानुपर्ने बताए । कार्यक्रमा बोल्दै गौतमले भने,‘सबै पक्षको सहअस्तित्व स्वीकार गरे मात्र प्रजातन्त्रको रक्षा हुन सक्छ’ ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य एक बहादुर रानाले प्रजातन्त्र स्थापना भएको झण्डै ४ दशकमा जनतालाई खुशी बनाउन नसकिएको बताए । जनतलाई खुशी बनाउन नसके ब्यवस्था परिर्वत हुन सक्ने समेत नेता रानाले बताए ।

व्यास नगरपालिकाका प्रथम मेयर तारा प्रसाद श्रेष्ठले दलहरुका गतिविधिले दलहरु प्रति वितिष्णा बढ्दै गएको बताए । अहिले आफुलाई पार्टीको कार्यकता भन्न समेत लाज लाग्ने अवस्था आएको श्रेष्ठले बताए ।

नेकपा माओवादी केन्द्रका वैकल्पीक केन्द्रीय सदस्य राजेन्द्र केशरी न्यौपानले विचारलाई भन्दा चुनावलाई प्रदान बनाउँदा समस्या भएको बताए । नेपाली कांग्रेस तनहुँका पुर्व सभापति रघुनाथ पौडेलले राजनीतिमा ब्यापारीकरण भएको बताए । नेता पौडेलले भन, ‘विधीको शासन स्थापित हुन सकेन्’ । अप्राकृतिक गठजोडका कारण राजनीतिमा विकृती आएको नेता पौडेलले बताए । पत्रकार महासंघ तनहुँका पुर्व अध्यक्ष डम्बर बहादुर अधिकारीले परिर्वतन संस्थागत गर्न सबै पक्ष एकजुट हुनुपर्ने बताए । कार्यक्रममा बोल्दै सहकारीकर्मि श्रीप्रसाद भट्टराईले दलहरु नसच्एि देश रविकरण हुने बताए । कार्यक्रममा बोल्दै नेकपा एकिकृत समाजवादीका अध्यक्ष श्रीराम कार्कीले ब्यवस्था भित्रका खरावीहरुलाई पहिचान गरेर समाजवादको लक्ष्यमा अगाडी बढ्नु पर्ने बताए । राजनीतिकर्मि शिवशंकर पौडेले हाम्रा कारणले प्रजातन्त्र संकटमा परेको बताए । अहिलको ब्यवस्था दलतन्त्र हो की प्रजातन्त्र छुट्याउन समस्या भएको उनले बताए । भानु नगरपालिकाका पुर्व मेयर उदयराज गौलीले अहिलेको संविधानमा बहुमत नल्याए शासन चलान नपाउने र बहुमत ल्याउन संविधान अनुसार कसैले नसक्ने भएका कारण समस्या भएको बताए । कम्यूनिष्ट नेता राम बहादुर अधिकारीले शासन ब्यवस्थाले जनताको पक्षमा काम गनुपर्ने बताए । कांग्रेसका पुराना नेता समुन्द्र गोदारले दल दलका नेताहरुले जनताको हितका लागि काम गनुपर्नेमा त्यसो नभएको बताए ।

अग्रज पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी विश्वबन्धु भण्डारीको आयोजना तथा सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS