दमौली ,१८ कार्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीको पहलमा जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा ८ अर्ब ३५ करोड बजेट परेको छ ।
उक्त बजेट केन्द्रको भौतिक विकासका लागि खर्च गरिने भएको छ । सो कार्यका लागि टेण्डर प्रक्रिया अगाडि बढेको समेत छ । राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रको भौतिक पूर्वाधार विकासमा यति ठूलो रकम विनियोजन भएसगै उपचार केन्द्रबाट प्रदान गरिने स्वास्थ्य सेवा समेत थप हुँदै जाने भएको छ । राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रको स्तरोन्नोति हुने भए सगै शुक्लागण्डकी ,भिमाद ,ऋषिङ,घिरिङ ,म्याग्दे र सिङगो तनहुँको सर्वसाधारणहरुलाई स्वास्थ्य सेवा लिन निकै सहज हुने भएको छ ।
पूर्वमन्त्री भण्डारीको पहलमा तनहुँमा यस अगाडि थुप्रै विकास निर्माण कार्य भएका छन् । के.स.भण्डारीले वनमन्त्रीको जिम्मेवारी राष्ट्रिय स्तरको गौरवको आयोजना भानुभक्त प्राणी उद्यान निर्माण गर्ने निर्णय गर्नु भएको थियो । प्राणी उद्यानको निर्माण कार्य अगाडि बढि रहेको छ । त्यस्तै एमाले नेतृ राधा ज्ञवालीको पालामा झण्डै रद्ध हुन पुगेको तनहुँ जलविद्युत आयोजनालाई जोगाउन समेत पूर्वमन्त्री भण्डारीले विशेष भूमिका निर्वाह गर्नु भएको थियो । तत्कालिन समयमा तनहुँ जलविद्युत आयोजना रद्ध हुन नदिन तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालासंग विशेष पहल गर्नु भएको थियो । त्यस्तै पूर्वमन्त्री भण्डारीको पहलमा तनहुँ क्षेत्र नं १ अन्र्तगत मरस्याङदी नदीमा मात्र करोडौंको लागतमा आधा दर्जन भन्दा बढी मोटरवेल पुल निर्माण कार्य भएको छ ।
त्यस्तै राजधानी र तराई जोड्ने फास्ट ट्रयाक निर्माणका गर्ने विषयमा समेत पूर्वमन्त्री भण्डारीको विशेष योगदान रहेको थियो । पूर्वमन्त्री भण्डारीको त्यतिबेला तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले खुलेर प्रंशसा गर्नु भएको थियो ।त्यस्तै दमौलीमा भएको आगालागी नियन्त्रण गर्न हेलिकोप्टर ल्याउन देखि ऋषिङ १ झापुटारमा मोटर साईकल दुर्घटना हुँदा घाईते भएकी रेनु थापालाई उपचारका लागि काठमाण्डौं पुरयाउन समेत पूर्वमन्त्री भण्डारीले विशेष पहल गर्नु भएको थियो ।