images
images
images

भिमाद बजारमा गठबन्धनका उम्मेदवारको घरदैलो अभियान

images

दमौली

तनहुँ क्षेत्र नं २ मा गठबन्धनका उम्मेदवारहरुको घरदैलो अभियान जारी रहेको छ ।

यसैक्रममा आज तनहुँको भिमाद बजारमा गठबन्धनका उम्मेदवारद्धय शंकर भण्डारी र जीतप्रकाश आलेले घरदैलो अभियान गरेका छन् । तनहुँ क्षेत्र नं २ मा भण्डारी प्रतिनिधि सभा र आले प्रदेश सभा उम्मेदवार रहेका छन् । घरदैलो अभियानमा रहेका उम्मेदवारद्धयले यस पटक क्षेत्र नं २को परिवर्तनका लागि आफूहरुलाई विजयी गराउन आग्रह गरेका थिए । उम्मेदवारद्धय भिमादमा सेती पुरयाएको क्षतिको तटबन्धन , खानेपानी ,खानेपानी ,सडक लगायतका विषयमहरुमा विशेष प्राथमिकता दिने बताएका थिए ।

उम्मेदवारद्धयले यस पटक भिमादबासीले आफूहरुलाई मत दिनेमा विश्वस्त रहेको समेत बताएका छन् । तिहारको समयमा उम्मेदवारहरु घरदैलोमा आउँदा भिमादबासी निकै खुसी भएका छन् ।

images