
राजनीतिक समावेशीकरणका लागि पहिचानको कुन परिभाषालाई अवलम्बन गर्ने ?
माओवादी जनयुद्धको प्रमुख ऐजेण्डा मध्ये पहिचान एक प्रमुख मुद्दा थियो । सो पहिचानको लागि राज्य पुन: संरचना गर्दा किरात, मगरात, ताम्सालिङ, नेवा, तमुवान, लिम्बुवान र भौगोलिकताका आधारमा: कर्णाली-खप्तड, मिथिला-भोजपुरा, कोच-मधेश, लुम्बिनी-अवध ,थारुवान जस्ता प्रदेशको अवधारणा र दलित समुदायको लागि एउटा गैर भौगोलिक दलित प्रदेशको मुद्दा थियो । पछि यो मुद्दालाई यसरी अपव्याख्या गरियो कि , जातको नाममा राज्य ? विखण्डनकारी , दिर्ध कालिन द्वन्दको बीउ , Pandora’s box आदि ।
माओवादीको तर्फबाट , (नेकपा माओवादी र नेकपा ऐमालेको पार्टी एकता) पछि पहिचानको मुद्दा त हराएर गयो । सानो झिल्को नयाँ शक्तिको नाममा पहिचानको मुद्दा नयाँ शक्तिले बोकेर हिडेको थियो , त्यो पनि खुबै अपव्याख्या गरेर डा.बाबुराम भट्टराईले जातको नाममा देश बाड्ने रे , झगडाको बीउ निकाल्ने रे, डा. धेरै पढेर खुस्कियो, खुब आलोचना भयो । अहिले त डा.साब , नयाँ शक्ति, बैकल्पिक राजनीति पनि खै के , खैके ।
मेरो बुझाई निम्न छ ।
१८२५मा पृथ्वीनारायण शाह, नेपाल राज्यको राजा भए पश्चात् , नेपालमा व्यापक हिन्दुकरण भएकै हो , १९१०को मुलुकी ऐनले थप संस्थागत गर्यो । किराँत धर्वालम्वीको मुन्धुम जलाईयो , जवरजस्ती हिन्दु धर्म मान्न लगाईयो , मगर, थारु , भुजेल – धर्ती , खस आदि कोही प्रकृति पुजक कोही मष्टो धर्वालम्वि थिए , जवरजस्ती हिन्दु धर्म मान्न लगाईयो । गुरुङ , तमाङ बुद्ध धर्मावलम्बी थिए , उनिहरु पनि दशै- तिहार मान्ने भए । उनिहरुको भाषालाई भाषा मानिएन , खस भाषालाई मात्रै मान्यता दिईयो , उनिहरुको साँस्कृति मासियो हिन्दु- सनातनी धर्म मात्रै मौलायो । यहि भाषा, संस्कृति र शारीरिक बनावटका कारण खास एक जाती मात्रै राज्यको शत्ता, शक्ति र आर्थिक , सामाजिक प्राथमिकतामा परे । बाँकी सबै झन-झन पछाडि पर्दै गए ।
इतिहासमा जुन ना-इन्साफी भयो , त्यसको सानो क्षतिपूर्ति स्वरुप जनजाति , अल्पसंख्यक , सिमाङकृत समुदायलाई केही समयको लागि विशेष अधिकार (कोटा वा अन्य सुविधा ) दिने भनिएको हो ।( जब सम्म यी समुदायको पनि समग्रमा स्तर उन्नति र उनिहरु देशमा आफुलाई सम्मानित, सार्वभौम नागरिक महसुस गर्दैनन् ।)
पहिचान , इतिहासमा किराँती, गुरुङ , मगर, थारू, नेवार आदिको जुन गौरवसालि धर्म , साँस्कृती , भाषा थियो , त्यसलाई संरक्षण र प्रवर्द्धनको लागि राज्यको रुपमा cluster , कल्स्टर बनाएर राज्य पुन:संरचना गरिने भनिएको हो, नकी जातको नाममा देश बाड्ने ।
म तमुवान राज्यमा बस्छु , यो क्षेत्र गुरुङलाई दिने कदापि भनिएको होइन । तमुवान एउटा धार्मिक , साँस्कृतिक र भाषिक पहिचान हो र यस्को रक्षा गरिनु पर्छ नकि जातिय अधिकार । यस्को मतलब यहाँ सबै ( सरकार , जागिर, अवसर) गुरुङहरुको मात्रै भनिएको होइन , यहाँ बस्ने सबै जनजाति , समुदायले तमुवान (धार्मिक , साँस्कृतिक र भाषिक पहिचान) को संरक्षण र प्रवर्द्धन गरौ , यसरी नै विभित्र स्थानमा मगरात , खस-आर्य, ताम्सालिन , किराँती आदि ।
म तमुवानको भएका कारण यहाँको भाषा , घर्म , साँस्कृति जोगाउने कर्तव्य म, गुरुङ नभएता पनि मेरो पनि हो । यसरी नै सबै ठाउँमा त्याहाँको धार्मिक , साँस्कृतिक र भाषिक पहिचान बाँचिराख्छ , सबैले देशमा सम्मानित नागरिक महसुस गर्छन।देश समृद्ध बन्न हातमा -हात मिल्ला , धार्मिक – साँस्कृतिक अखण्डता झन मौलाउला , आन्तरिक -बाह्य पर्यटन फस्टाउला , देश निर्माणमा थप उर्जा मिल्ला ।
अन्तमा ; मेरो तमुवान क्षेत्रका गुरुङले , मेरो हिन्दु धर्म को दशै तिहार मनाउँदा , उनिहरुको लोसार मैले मनाउँने कि नाई ? उनिहरुले मेरो खस भाषा बोलिरहदा मैले गुरुङ भाषा जोगाउनु पर्छ भन्ने कि नाई ? उनिहरुले मेरो दौरासुरुवाल लगाउँदा मैले उनिहरुको कछाड र घलेकमा ठाटिएर हिड्ने कि नाई ? मैले घर बनाउँदा गुरुङ Architecture झल्किने घर बनाउँदा के बिग्रिन्छ ? मैले मठ-मन्दिर पुनर्निर्माण गर्दा , गुरुङको देउराली – गुम्बा सफा गर्दा के जान्छ ? तपाईं हामीले कोट-कोटमा , देवि थानमा हाम्रा ईष्टदेव , पित्रृ खुसी पार्न लाखौं बोका भेडा बलिदिँदा , एउटा किराँतीले उस्ले पनि सोही कर्मको लागि साकेला थानमा गोरु बलि दिन पाउँने कि नाई ?
ईन्जिनियर तारा बाबु भट्टराई ( ईन्जिनियरिङ र समाजशास्त्रमा स्नातकोत्तर )