
तनहुँ
व्यास–५ निवासी राजेन्द्र केशरी न्यौपाने ‘जय’ नेकपा माओावदी केन्द्रका केन्द्र्रीय सदस्य हुन् । मंसिर गते हुने प्रदेश सभा निर्वाचन क्षेत्र नं २.१ का उम्मेदवार न्यौपानेको जन्म २०११ चैत्रमा भएको हो । एम. ए., बी. एड. सम्मको अध्ययन गरेका न्यौपाने नेकपा माओवादी केन्द्रको पुराना नेताहरुमा प्रर्दछन् । सरल मृदुभाषि नेताको परिचय बनाएका न्यौपाने लामो समय सम्म राजनीति क्षेत्रमा विताए पनि अहिले सम्म राजकीस्य पदको अवसर नपाएका नेता हुन् । स्थायी जागरि छाडेर जनयुद्वमा होमिएक न्यौपाने २०४० देखि २०५८ सम्म विभिन्न विद्यालयहरूमा शिक्षण पेशामा संलग्न रहेका थिए । २०४६–२०४८ मा महेन्द्र मा.वि. गुणादी को प्रधानाध्यापक सम्म रहेका न्यौपाने २०३६ सालमा मा ने.क.पा चौम को पार्टी सदस्यता लिएका थिए । २०५८ मंसिरबाट शिक्षण पेशा छोडी नेकपा माओवादी को पूर्णकालीन कार्यकर्ता र पार्टी जिल्ला सदस्यको हैसियतमा जनयुद्धमा सहभागी भएका थिए ।
(२०६५ मा नेकपा माओवादी केन्द्रको तमुवान राज्य समिति सदस्य , २०६९ मा एकीकृत नेकपा माओवादी तनहुँ उपाध्यक्ष , २०७३ मा सो पार्टीकै केन्द्रीय सदस्य एवं तनहुँ जिल्ला संयोजकको जिम्मेवारी कुसलतापुर्वक निभ्याएका छन् । २०७५ नेकपाको गण्डकी प्रदेश सचिवालय सदस्य तथा तनहुँ जिल्ला सचिव
( २०७८ माओवादी केन्द्र तनहुँको तनहुँ जिल्ला संयोजक र २०७९ श्रावणमा माओवादी केन्द्रको केन्द्रीय सदस्यको पदमा रहेका छन् ।
(नेपाल राष्ट्रिय शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठन, नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनको जिल्ला देखि केन्द्रका विभिन्न जिम्मेवारी निभ्याउनुभएका न्यौपानेको सामाजिक क्षेत्रमा समेत संलग्नता रहेको छ ।
(व्यास–५ मा रहेको चिन्तुटार रङ्गशाला तथा खेल मैदान सम्बर्द्धन समिति अध्यक्ष , जिल्ला उपभोक्ता सहकारी संघ अध्यक्ष, नवीन उपभोक्ता सहकारी संघ अध्यक्ष, दमौली अस्पताल विकास समिति अध्यक्ष , एकदेव आले स्मृति पुस्तकालय समिति अध्यक्ष, आदिकवी भनुभक्त क्याम्पस, दमौली शिक्षक सेवा आयोग अध्यक्षको समेत भुमिकामा काम गरेको अनभव न्यौपानेसँग रहेको छ । पटक पटक गरी चार वर्ष जेल जीव बिताएका न्यौपानेकै पहलमा तनहुँमा सरकारले प्रदान गर्ने अनुदानको रसायनिक मल वितरण प्रणालीलाई सहकारी मार्फत ब्यवस्थित गरेका थिए । दमौली अस्पताल विकास समितिमा अध्यक्ष पदमा रहदाँ समेत अस्पतालको सुधारका निम्ती काम गरेका त्यहाँका कर्मचारीहरु अहिले पनि बताउने गर्दछन् । प्रदेश सभा क्षेत्रका जनतामा सडक पुर्वाधार,खानेपानी,शिक्षा, स्वास्थ्य सेवाको विस्तार तथा संघीयता सुदृढ बनाउन आफ्नो उम्मेदवारी रहेको न्यौपाने बताउछन् ।