images
images
images

४ नगरपालिकाका २० प्रमुख १४ उप प्रमुखका ३४ उम्मेदवारलाई जरीवाना (सुचि सहित)

images

 प्रती उम्मेदवार ४ लाख ५० हजार जरीवाना ठहर

तनहुँ
स्थानीय चुनावमा उम्मेदवारहरूले गरेको खर्च विवरण नबुझाएकाले निर्वाचन आयोगले तनहुँका ४ वटा पालिकाका ३४ नगर प्रमुख र उप प्रमुखका उम्मेदवारलाई कारबाही गरेको छ ।
जरीवाना पर्नेमा तनहुँको शुक्लागण्डकी नरगपालिका नगर प्रमुख कृष्णराज पण्डित र उप प्रमुख खुम बहादुर वि.क., भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठी र उपप्रमुख उमा गोतामे, भिमाद नगरपालिका दधिराज सुवेदी र नगर उपप्रमुख शारदा खनाल समेत रहेका छन् । व्यास नगरपालिकाका मेयर उप मेयर भने समयमानै निर्वाचन खर्च बुझाएर जरीवानाबाट बचेका छन् ।
स्थानीय निकायको निर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेदवारहरूले परिणाम घोषणा भएको एक महिनाभित्र निर्वाचनमा गरेको खर्चको विवरण पेस गर्नुपर्ने कानुनी व्यवस्था छ तर निर्वाचनको परिणाम घोषणा भएको चार महिनाभन्दा बढी समय बितिसक्दा पनि उनीहरूले खर्चको विवरण नबुझाएकाले कारबाही गरिएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरी ढकालले बताए ।


आयोगले तनहुँका जिल्लाका स्थानीय निर्वाचनमा भाग लिएका उम्मेदवारलाई पटक–पटक ताकेता गर्दा पनि अहिलेसम्म चुनावमा गरेको खर्च विवरण बुझाउन अटेरी गरेकाले उनीहरूलाई कारबाही स्वरूप दण्ड जरिवाना गरिएको ढकालले बताए ।
आयोगले समय सीमाभित्र चुनावमा गरेको खर्चको विवरण बुझाउन सूचना प्रकाशित गरेको थियो तर सबैले अटेरी गर्दै आएका थिए । त्यसपछि भदौ ७ गतेभित्र मागेको स्पष्टीकरण चितबुझ्दो नभएका कारण आयोगले कारबाही प्रक्रिया अगाडि बढाएको छ । आयोगको २०७९ साउन ३१ गतेको निर्णयबमोजिम नगरपालिकाका नगर प्रमुख र उप्रमुखका उम्मेदवारलाई ४ लाख ५० हजार जरीवाना ठहर गरेको हो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS