तनहूँ
नेपाल कम्युनिष्ट पार्टी तनहुँको जिल्ला संयोजकमा विलास परियारलाई चयन गरेको छ । सदरमुकाम दमौलीमा आयोजित भेलाले परियारको संयोजकत्वमा २३ सदस्यीय समिति गठन गरेको हो । उक्त भेलाको जिल्ला ईन्चार्ज तथा केन्द्रीय सदस्य पुर्णजित पुन प्रमुख अतिथी रहेका थिए । जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै आफ्नो पार्टी नेपाल कम्युनिस्ट पार्टी मात्र देश र जनताका अहम मुद्दाहरु बोकेर एकीकृत जनक्रान्तिमा निरन्तर अघि बढिरहेको बताए ।
दलाल संसदिय ब्यबस्थाका कारण नै मुलुकमा झन झन संकट, बेथिति, अभाव, महङ्गी, भ्रष्टाचार, परनिर्भरता तथा राष्ट्रघात बढ्दै गएको ठोकुवा गरे ।अब एकमात्र विकल्प वैज्ञानिक समाजवाद भएकोले बिद्यमान असफल दलाल पुँजीवादी सत्ता अन्त्य गर्नुपर्ने जिकिर गरे । कार्यक्रममा गोरखा जिल्ला सेक्रेटरी कपिल भट्ट, लम्जुग्ङ जिल्ला सेक्रेटेरी आक्रोस र सहिद परिवारबाट हिरा कुमाल,बिशेष समिति सदस्य बुलेट लगायतकाले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।