
दमौली
आसन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार हुन युवा नेता शिवहरी धितालले इच्छा जाहेर गरेका छन् ।
नेपाली कांग्रेस तनहुँको क्षेत्र नं. १ को क्षेत्रीय समितिलाई उनले संघीय सांसद पदमा उम्मेदवारी हुन चाहेको निवेदन दर्ता गराएका हुन् । व्यास–२ निवासी धिताल नेपाली कांग्रेसका क्षेत्रीय प्रतिधिनिधि तथा व्यास नगर कार्य समितिका सदस्य समेत हुन् । उनी झैण्डै दुई दशक देखि नेपाली कांग्रेसका कृयाशिल सदस्य समेत हुन् । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ,तरुण दल लगायतमा समेत उनले लामो समय काम गरेका थिए । युवाहरुको प्रतिनिधित्वको लागि आफुले पार्टीमा उम्मेदवारीको लागि इच्चा जाहेर गरेको नेता धितालले बताए ।
सो क्षेत्रबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्न इच्छा गर्नेमा युवा नेता धितालका अलवा कांग्रेस नेता रामचन्द्र पौडेल केन्द्रीय सदस्यहरु शंकर भण्डारी,गोविन्द भट्टराई संविधान सभासद रामचन्द्र पोखरेल र डा. शेषरमण न्यौपानेले समेत प्रत्यक्षमा दावेदारी दिएका छन् ।