तनहुँ
नेपाली कांग्रेसको जनताको साथमा कांग्रेस अभियान संचालन गर्ने भएको छ । नेपाली कांग्रेस तनहुँको बिस्तारित र कार्य समितिको दुबै बैठकले अभियान संचालन गर्ने निर्णय गरेको हो । अभियान अन्र्तगत पहिलो चरण भाद्र १० देखि २४ सम्म संचालन गर्ने निर्णय गरेको हो । जिल्ला कार्य समिति सभापति जित प्रकाश आलेको सभापतित्वमा बसेको बैठकले सो निर्णय गरेको हो । जिल्ला समितिको बैठकले जिल्ला समितीको तर्फबाट १० पालिका अन्तर्गत कार्य सम्पन्नको लागी निम्न प्रतिनिधिहरु समेत खटाउने निर्णय गरेको हो । व्यास नगर समितीको लागी डा. कृष्ण गौतम, भानु नगर समितीको लागी देब कुमार श्रेष्ठ।, बन्दिपुर गाउँ समितिको लागी सहदेव अधिकारी, देबघाट गाउँ समितिको लागी सरिता गुरुङ, आबु खैरेनी गाउँ समितिको लागी चिनु पोख्रेल, शुक्ला गण्डकी नगर समितीको लागी मिलन आले, रिसिङ गाउँ समितिको लागी हरि वाग्ले, म्याग्दे गाउँ समितिको लागी श्रीराम सुबेदि, भिमाद नगर समितिको लागी किसान गुरुङ र घिरिङ गाउँ समितिको लागी राम कृष्ण बिकलाई तोकिएको छ । पालिका र वडा समितिको कार्यक्रम १५ गते दश पालिकामा अभियान गरिने।
१८ गते ८५ वडा समितिमा अभियान संचालन गरिने समेत बैठकले जनाएको छ । त्यस्तै १९,२०,२१ र २२ ४ दिन वडाको टोल स्तरीय अभियान गरिने निर्णय गरिएको जिल्ला सचिव लक्ष्मिभक्त खनालले बताए ।
बैठकले नेपाली कांग्रेस तनहुँको भातृ तथा सुबेक्षुक सस्था गठन तथा पुनर्गठन गर्ने र सोको लागी जिल्ला समितिले आफ्नो कार्य अगाडि बढाउने निर्णय
गरेको छ ।
नेपाली कांग्रेस तनहुँ–काठमाडौं सम्पर्क समिति व्यास १० स्थाई घर भएका हाल काठमाडौं निवासी उत्तम मिश्रको नाम अनुमोदन गरि मिश्रको अध्यक्षतामा कार्य समिति गठन गर्ने निर्णय गरेको छ । बैठकले २३ गते सम्ममा जिल्ला प्रतिनिधिले जिल्लामा तथा क्षेत्र प्रतिनिधिले क्षेत्रमा र वडा र प्रतिनिधिले वडामा प्रतिबेदन बुझाउने निर्णय गरेको छ ।