images
images
images

थानी मार्ग सेनाद्वारा मर्मत

images

तनहुँ । तनहुँमा नेपाली सेनाले अवरुद्ध सडक मर्मत गरि सुचारु गरेको छ ।

जिल्लाको भानु नगरपालिका वडा नं।१ मा रहेको रुरु भैरव दल गणले भानु नगरपालिका १० को थानी मार्गको कुसुण्डेमा पहिरो गएपछि कच्ची सडक अवरुद्घ भएको थियो ।

सडक अवरुद्घ भएपछि सो सडक प्रयोग गर्ने यात्रु र विशेषगरी जनजागृति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विद्यालय जान कठिनाई हुँदै आएको विद्यालयका प्रधानाध्यापक रविन्द्र वाग्लेले जानकारी दिए ।

उनका अनुसार लामास्वाँरा, मिरचौर, लौडारी भञ्ज्याङ र तुसाल लगाएतका गाउँबाट आउने विद्यार्थीलाई सकस भएको थियोे ।

उक्त सडकलाई मर्मतका लागि नगरपालिकाले नेपाली सेनालाई अनुरोध गरेपछि नेपाली सेनाको रुरु भैरबदल गणले आईतबार सडक सुचारु गरेको गणका गणपति प्रमुख सेनानी हिमाचल जंह शाहले बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS