तनहुँ । तनहुँको दमौलीमा महँगी र भष्ट्राचारको विरुद्ध विरोध प्रदर्शन गरिएको छ ।
आइतबार नेपाल कम्युनिष्ट पार्टी एमालेमा आवद्ध मोर्चासंगठनले विरोध प्रदर्शन गरेको हो ।
कार्यक्रमको सभापतित्व राष्ट्रिय युवा संघ तनहुँका अध्यक्ष मदन तिमिल्सेनाले गरेका थिए । सो अवसरमा अध्यक्ष तिमल्सेनाले सरकार जनता मारा भएको आरोप लगाए । उनले भने ुसरकारले अनेक बहानामा जनता माथि करको भारी थोपरेको छ ।ु
नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषदको सदस्य एक बहादुर रानाले सरकारले टुक्रे बजेट पास गरेको आरोप लगाए । उनले अगाडि भने ुगण्डकी प्रदेश सरकारले सवारी करपछि अंशबण्डामा अनावश्यक ढंगले कर बढाएको छ ।ु
कर बढाएर नेता र मन्त्रीको सुविधा बढाउन सरकार लागि परेको नेता रानाले बताए । मंसिर ४ गतेको निर्वाचनमा हराएर यो सरकारलाई तह लगाउन सकिने नेता रानाले बताए ।
नेकपा एमाले गण्डकी प्रदेश सदस्य अमर भण्डारी, व्यास नगर कमिटी अध्यक्ष बिरेन्द्र अधिकारी लगाएतले महँगी नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको संचालन युथ फोर्स तनहुँका अध्यक्ष अजित पन्थले गरेका थिए ।